उधारो सहमति मान्य हुदैन् भन्दै अनेरास्ववियूले जलायो सहमति पत्र
अनेरास्ववियूले बालुवाटारमा गरिएको उधारो सहमति मान्य हुदैन् भन्दै सहमति पत्र जलाएका छन् ।
आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै
आज रक्षावन्धन तथा जनै पूर्णिमा पर्व देशभर मनाइँदैछ ।
बुटवलका तत्कालिन डीएसपी केसीविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालयका तत्कालिन प्रमुख डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
रास्वापाका नेताहरु नेपाल र पाकिस्तानबीचको खेल सामूहिक रुपमा हेर्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता कार्यकर्ताहरुले एशिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीचको खेल सामूहिक रुपमा हेरिरहेका छन् ।
सिरहामा बस्यो एमालेको सचिवालय बैठक
नेकपा एमाले को सचिवालय बैठक सिरहामा सुरू भएको छ ।
सुन तस्करीमा जोडिएका कृष्णबहादुर महराका छोरा सिआइबीको नियन्त्रणमा
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ ।
ओडीआईमा ५० औं खेल खेल्दै सन्दीप लामिछाने
काठमाडौं- नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० क्रिकेटमा ५० औं खेल पूरा गरेका छन् । बुधबार पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा एसिया कपमा पाकिस्तानविरुद्ध खेल्दै उनले एकदिवसीयमा ५० औं खेल पूरा गरेका हुन् । सन्दीपले ४९ ओडीआई खेलमा ३६७ रन बनाउनुको साथै १ सय ११ विकेट लिएका छन् । सन्दीपले २०१८ अगष्टमा नेदरल्यान्ड्सविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । सन्दीप रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीपछि ५० औं ओडीआई खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । सन्दीप ओडीआई इतिहासमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट लिने खेलाडी पनि हुन् । उनले गत वैशाखमा अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तिमान तोडेका थिए । सन्दीपले २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए । नेपाललाई एसिया कपमा पुर्याउन र ओडीआई मान्यता निरन्तरता गराउन उनको योगदान महत्वपूर्ण थियो । नेपालबाट सर्वाधिक धेरै ओडीआई खेल कप्तान रोहित पौडेलले ५२ र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५० खेल खेलेका छन् ।
सामान्य अङ्कले घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ।
आफुले चाहेको विषयवस्तु पढ्न पाउनु पर्ने माग राख्दै सरकारविरुद्ध विद्यार्थी सडकमा (फोटो फिचर)
चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले विद्यार्थीहरुले आफुले चाहेको विषयबस्तु पढ्न पाउनु पर्ने माग राख्दै सरकारविरुद्ध सडकमा उत्रिएका छन् ।
एकात्मक शासन प्रणालीको साधन चढेर संघात्मक राज्यप्रणालीको साध्य छुन सकिन्नः मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अहिलेको आवश्यकता र युगलाई धान्न सक्ने गरी पर्यटन बोर्डको ऐन परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् ।