दिपेश पुनलाई ८ दिन म्याद थप भएको छ ।
रुपन्देहि । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ । जिबी राईले पोखरामा सूर्यदर्शन, चितवनमा सहारा, बुटवलमा सुप्रिम सहकारी खोलेका थिए । राईले सुप्रिम सहकारीको सचिवमा दीपेश पुनलाई राखेका थिए । दिपेश पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन । शुक्रबार काठमाडौँमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको थियो ।बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका पुनलाई शुक्रबार नै बुटवल ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले पुनलाई ८ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले म्याद दिएको छ । सहकारी ठगी प्रकरणका अनुसन्धान गर्दा पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएकाले पक्राउ गर्न रुपन्देही प्रहरीले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो । रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले अनुसन्धानकै क्रममा रहेकाले अहिले धेरै विषय खुलाउन नमिल्ने बताए ।पुनमाथि सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ । यसअघि सोही सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका शाखाकी प्रमुख दुर्गा चापागाईँलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उक्त सहकारीको रकम हिनामिनामा मुख्य आरोपित जीवी राई भने फरार छन ।
मोरङको पथरीमा आगलागी, १ करोड ५० लाखको क्षति
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं। १ बुद्ध चोकमा रहेको कोसी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ ।मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो ।आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ ।
प्रतिनिधिसभा बैठक स्थगित कायमै,जुटेन सहमति, अझै सुरु भएन
काठमाडौँ । नेपाली कांग्रेसका सांसद्को अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन ।
दूध किसानलाई भुक्तानी गर्न तत्काल रकम निकासा गर्दै अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि शुक्रबार वा आइतबारसम्म दुग्ध विकास संस्थान (डीडीसी)लाई रकम भुक्तानी दिने भएको छ ।
रौतहटमा गोली चलाउँदै लुटपाट गर्ने भारतीय गिरोहका तीन जना पक्राउ
काठमाडौ । रौतहटमा गोली चलाउँदै लुटपाटमा संलग्न भारतीय गिरोहका तीन जना पक्राउ परेका छन् । परोहा नगरपालिका ९ खापचोकस्थित शिव मनी ट्रान्सफरको कार्यालयमा गोली चलाएर लुटपाट गर्ने तीन जना पक्राउ परेका हुन् ।
सत्ता गठबन्धनका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन सहयोग पुर्याउनेलाई धन्यवाद व्यक्त
चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष सहयोगी भूमिका खेल्ने सबै धन्यवाद व्यक्त गरेको छ ।
भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन सहयोग पुर्याउनेलाई धन्यवाद व्यक्त
चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष सहयोगी भूमिका खेल्ने सबै धन्यवाद व्यक्त गरेको छ ।
यातायातमा विचौलियाको व्यापार, ३० हजार फर्जि लाईसेन्स वितरण
काठमाडौ । यातायातमा विचौलियाको विगविगी नै छ, १ लाख २ हजार लाईसेन्स माथी छानविन गर्दा ३० हजार बढी फर्जी लाईसेन्स भेटेको कुरा सार्वजनिक भएपछि, अनुसन्धान सिआईबीमा सम्म पुग्यो ।
हाईड्रो भित्रको अचम्मको धन्दा, बैधानिक लुटको भाँडो खिम्ति जलविद्युत आयोजना
काठमाडौँ । यो हो खिम्ती जलविद्युत आयोजनाको कुरा, जहाँ जलमाफियाहरुले चलाईरहेका छन् वैधानिक लूटको धन्दा ।क्षमता ६० मेगावट, जसको निर्माण हिमाल पावर र नेपाल विद्युत प्रधिकरण मिलेर गरेका थिए ।