२० वर्षअघि संखुवासभामा सामूहिक हत्या प्रकरणका फरार अभियुक्त पक्राउ
विराटनगर । २० वर्षअघि संखुवासभामा भएको दुई जनाको सामूहिक हत्या प्रकरणका फरार अभियुक्तलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ ।
बिदेश जाने लहर चलिरहेको बेला काठमाडौँ विश्वविद्यालयमा विद्यार्थी बढे
काठमाडौँ । नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घटिरहेको छ । विशेषगरी त्रिभुवन विश्वविद्यालयमा यो समस्या दिनप्रति बढ्दै गइरहेको बताइन्छ । तर, काठमाडौँ विश्वविद्यालयले भने पछिल्लो तथ्यांक अनुसार विद्यार्थी सङ्ख्या बढिरहेको जनाएको छ । दुई वर्ष अघिको तुलनामा विश्वविद्यालयमा १७ प्रतिशतले विद्यार्थी बढेका हुन् ।
किन भासियो बानेश्वर सडक ? यस्तो छ कारण
काठमाडौं । काठमाडौंको बानेश्वरमा ह्युम (ढल) पाइपबीच अन्तर (ग्याप) हुँदा सडक भासिएको पाइएको छ ।
इमेज सहकारीका अध्यक्ष तथा ढोरपाटनका मेयर नेपालीलाई पक्राउ गर्न रेड कर्नर नोटिस
बागलुङ । बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरी बेपत्ता रहेका बागलुङको ढोरपाटनका मेयरसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले 'रेड कर्नर नोटिस' निकालेको छ ।
आईसीसी यू–१९ विश्वकप : नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने
काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।
सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन, खगराज आउट, मान बहादुर ईन
धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ ।
नयाँ बानेश्वरको सडक भासिदा गुड्दै गरेको बस यसरी फस्यो
काठमाडौँ । काठमाडौँको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासिएको छ । सडक भासिँदा गुड्दै गरेको बस फसेको छ ।
सहकारी हिनामिनामा बागलुङको ईमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी सुनार पक्राउ
काठमाडौँ । बागलुङको ईमेज वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष २७ वर्षीया लक्ष्मी सेन सुनार पक्राउ परेकी छिन् ।
बागमतीमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी
हेटौंडा । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट महिला कोटातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छन् ।
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
कैलाली । राष्ट्रियसभा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।