लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् ।
आज ५ वटा संसदीय समितिको बैठक बस्दै, गृह मन्त्री लामीछाने पनि उपस्थित हुने
काठमाडौँ । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुनेछ । यो छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि उपस्थित हुने भएका छन् । त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा मन्त्रालयले गरिरहेको काम कारवाहीका बारेमा छलफल हुनेछ ।त्यस्तै बिहान ८ बजेदेखि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ ।
राष्ट्रपति पौडेल तनहुँ आउँदै
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँको भिमाद आउने भएका छन् ।
माओवादी केन्द्रबाट जनकराज बुढालाई उम्मेदवार बनाउन सिफारिस
काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनकराज बुढालाई बझाङ प्रदेश १(१) मा उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
हर्क साम्पाङ र गृह मन्त्री रवि लामिछाने बिच भेट
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गरेका छन् । पछिल्लो समय साम्पाङले रास्वपाको निरन्तर आलोचना गर्दै आएका छन् ।
कर प्रणाली सुधार उच्चस्तरीय समितिले अर्थमन्त्रीलाई अन्तिम प्रतिवेदन बुझायो
काठमाडौँ । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो ।
माओवादी सुदूरपश्चिम समितिमा विवाद, बीना मगरलाई सहइन्चार्ज बनाइएकोमा असन्तुष्टि
काठमाडौँ । वरिष्ठ नेताहरूलाई बाइपास गरी केन्द्रीय सदस्य बीना मगरलाई सह-इन्चार्ज बनाएको भन्दै नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिमा विवाद देखिएको छ ।
कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेस बागमतीले दियो निर्देशन
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।
प्रचण्डले बालुवाटारमा ओली र देउवालाई एकैसाथ बोलाए, नयाँ सत्ता समीकरण पछिको पहिलो भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।