माओवादीले बोलायो पदाधिकारी बैठक, बुधबार बिहान ८ बजे बस्ने
काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।
विभागका प्रमुख र सचिवहरुलाई मन्त्रीलाई सहयोग गर्न ओली दिए निर्देशन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विभागीय प्रमुख र सचिवहरूलाई सरकारका मन्त्रीहरूसँग समन्वय गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघले गरे प्रदर्शन
काठमाडौँ । विपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको राजीनामा माग्दै प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री प्रचण्डसंग आईसीसीका अध्यक्ष ग्रेगले भेट्ने
काठमाडौं । नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले आज प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलाई भेट्दैछन् ।
प्रतिनिधिसभा बैठक स्थगित कायमै,जुटेन सहमति, अझै सुरु भएन
काठमाडौँ । नेपाली कांग्रेसका सांसद्को अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन ।
सत्ता गठबन्धनका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
ग्राण्डी अस्पतालले मिचेको सरकारी जग्गामा परेन बालेनको आँखा, मौन सरकार
काठमाडौ । ग्राण्डी अस्पताल, नाम सुन्दै यो अस्पताल धनाढ्यहरुका लागी खोलिएको ईन्टरनेशनल हस्पीटलका रुपमा चिनिन्छ । यो हस्पीटल सामान्य मानिसहरुले उपचार गर्न सक्ने खालको हस्पीटल भने हैन । यहाँ हजार हैन, लाखौं बोकेर जानु पर्दछ, तर नेपाली जनताले यति राम्रो हस्पीटल पाएकोमा गर्भ गर्नपर्ने कुरा अस्पतालका अध्यक्ष दिपक कुवँर बताउँछन ।
लुम्बिनी प्रदेशसभाका हिउँदे अधिवेशन नजिकिदै गर्दा प्रदेशसभाका एक सदस्य निलम्बित, अर्का फरार
बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १८ गतेका लागि आह्वान गरिएको छ । झन्डै ६ महिनापछि बस्न थालेको प्रदेशसभा बैठक सुरु हुनुभन्दा एक हप्ता अघि दुई सांसदका मुद्दा मामिला बाहिर आएका छन् । यस क्रममा एक प्रदेशसभा सदस्य निलम्बनमा परेका छन् भने अर्का एक जना अदालतको नजरमा फरार छन् ।
प्रधानमन्त्री प्रचण्डले ओढाए आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् ।
संघ र प्रदेश सरकारका प्रमुख उपप्रमुखहरु सौराहामा, के प्रदेश सरकार अब बेकामी भएको हो ?
चितवन । सौराहामा केन्द्रीय सरकार र प्रदेश सरकारका प्रमुख उपप्रमुख एवं सचिवालयहरु बिच २ दिने अनुभव आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । कार्यक्रम उद्दघाटन सत्रमा शुभकामना मन्तव्यकै क्रममा राखेका विषयहरुलाई हेर्दा अझैपनि यि दुबै सरकार बिच कतैपनि तालमेल नभएको दखिन्छ । कतिपय विद्येयक र कानुन बनेपनि कार्यन्वयन नभएका र बन्न पनि बाँकी रहेको कुरा प्रतिनीधि सभाका प्रमुख उपप्रमुख र राष्ट्रिय सभाका प्रमुखबाट प्रष्ट बुझिन्छ । अन्तरक्रियामा कर्णालीका प्रमुख बिरामी भएर आउन नसकेको जानकारी सँगै अन्तरक्रियामा आउन नसक्ने खबर पठाएको कुरा समेत अध्यक्ष घिमिरेले खुलाउनु भयो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले संघिय संसदले बिजनेस दिन नसकेको कुरा शुभकामनाकै बक्तव्यमा बोल्नुभयो । हिउँदको मौसममा हिउँदे अधिवेशन हुँदै गर्दा विद्येयक अधिवेशन सरकारले ढिलो सुरु गरेको कुरा उल्लेख गर्नुभयो । विद्ययेक माथी व्यापक छलफल गर्नुपर्ने समयमा सांसदहरु व्यक्तिगत स्वार्थमा लागेको आरोप पनि अध्यक्ष तिमिल्सीनाले लगाउनुभयो । संघिय संसदले समयमै विद्ययेक नबाएपछि मुलुकमा शुसासन कायम हुन नसकेको उहाँको भनाई थियो । उहाँले सरकारले निर्दिष्ट गरेका काममा ईच्छाशक्ति कम देखाएको र बिकास निर्माणलाई प्राथमिकता दिने नसकेको कुरा समेत राख्नुभएको थियो । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको कार्यकाल यहि फाल्ष्गुण २० गतेदेखि सकिंददैछ । यसैबिच प्रतिनीधि सभाका सभामुख देवराज घिमिरेले संघिय संसद र प्रदेश सभा बिच समन्वय र सहकार्य गर्न यस्ता अन्तरक्रिया फदायी हुने बताउनु भयो । अन्तरक्रियामा संघ र प्रदेशका विद्ययेकहरु बनाउन र कार्यन्वयन गर्न घनिभुत छलफल गर्नुपर्ने कुरामा उहाँको जोड थियो । कार्यक्रममा विभिन्न प्रदेशबाट आएका सभामुखहरुले आआफ्ना बिचार व्यक्त गरेका थिए । कार्यक्रम संघीय संसद् सचिवालयको आयोजनामा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास समितिले गरेको थियो ।