रास्वपाको उपसभापति बने स्वर्णिम, थप्यो ६ जना पदाधिकारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ जना पदाधिकारी थपेको छ । रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट एक जना उपाध्यक्ष, दुई जना सहमहामन्त्री र तीन जना सहप्रवक्ता गरी ६ जना पदाधिकारी थपिएको जानकारी दिएका हुन् ।
कहाँ रोकियो भूकम्पपीडितलाई दिने अनुदान ?
सुर्खेत, जाजरकोट — भूकम्प गएको झन्डै एक महिना पुग्न लाग्दासमेत पीडितको तथ्यांक संकलन नसकिँदा सरकारीस्तरबाट अस्थायी टहरा निर्माणको काममा अलमल भएको छ ।
संसदीय समितिमा विचाराधीन रहेका विधेयक अघि बढाउन सभामुखको सक्रियता
संसदीय समितिहरूलाई कानुन निर्माणका क्रममा भएका सहजता र असहजताका विषयमा सभामुख देवराज घिमिरेले समिति सभापतिसँग छलफल गरेका छन्।
हेटौंडाबाट एमालेको जुलुस सुरु, किन लगाए यस्ता नारा ?
मकवानपुर । हेटौंडामा एमालेको जुलुस, लागिरहेको थियो, अनेमासंघको महिलाहरुले यस्ता नाराहरु लेखेका प्लेकार्ड बोकेर हिंडिरहेका थिए, जसमा लेखेका छन्, महिलालाई घरेलु साधन नठान, महिला हिंसा बन्द गर, भन्ने नाराहरु लागिरहेको थिए, १६ दिने अभियानमा महिलाहरुले महिला हिंसा विरुद्धको अभियान सुरु गर्ने जनाएका छन् ।
सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति छोरीलाई दिलाएको भन्दै पौड्यालविरुद्ध उजुरी
काठमाडौँ — क्यानडाका लागि नेपालको राजदूतमा सिफारिस भएका भरतराज पौड्यालविरुद्व संसदीय समितिमा उजुरी परेको छ । हाल परराष्ट्र मन्त्रालयको सचिव रहेका पौड्याललाई मन्त्रिपरिषद्ले ३ कात्तिकमा क्यानडाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
रास्वपाको ध्यान मधेशमा, तीन दिने केन्द्रीय बैठकदेखि सभा भेला
काठमाडौं । संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी मधेश केन्द्रित भएको छ । मंसिर ८, ९ र १० गते सभा, अन्तक्रिया तथा नागरिकसँग भेटघाट गरेको रास्वपाले सोमबारदेखि तीन दिनसम्म केन्द्रीय समिति र संसदीय दलको बैठक मधेशमै गर्दैछ ।
सुरक्षा निकाय रिपोर्टमा प्रसाईंको कार्यक्रममा ९ हजार प्रदर्शनकारी
काठमाडौँ । काठमाडौँमा नेकपा ९एमाले०को भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले शक्ति प्रदर्शन गरेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर पनि निषेधाज्ञा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रचण्ड-देउवा र ओलीबीच बालुवाटारमा भेटघाट
काठमाडौं - विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार साँझ बालुवाटारमा भेटवार्ता भएको हो ।
नृपध्वज निरौला उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा
काठमाडौँ । उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा नृपध्वज निरौलाको सरुवा भएको छ । उच्च अदालत दिपायलमा मुख्य न्यायाधीश रहेका निरौलालाई उच्च अदालत पाटनमा सरुवा गरिएको हो ।