भूकम्पपीडितलाई तत्काल ५० हजार रुपैयाँ दिने सरकारको निर्णय
काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित परिवारलाई दिने भनिएको तत्काल ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल चीन प्रस्थान
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन् ।
प्रधानमन्त्रीले गरे क्रिकेट खेलाडीलाई पुरस्कार वितरण
काठमाडौँ । टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताएका हुन्।
रुसी राष्ट्रपति पुटिनले गरे पत्र मार्फत भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो समवेदना प्रकट
काठमाडौ । रुसका राष्ट्रपति भ्लाीदीमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
भूकम्प प्रभावितको राहत र उपचारलाई प्रभावकारी तुल्याउने सरकारको प्रतिबद्धता
काठमाडौँ । सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
भूकम्प प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्रीले भने : भोलिदेखि राहत र पुनर्स्थापनामा लाग्छौं
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा सरकारले जे गर्नुपथ्र्यो, त्यो गरेको बताएका छन् । शनिबार जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि नेपालगञ्ज आइपुगेका प्रधानमत्री प्रचण्डले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे भने घाइतेहरुको स्वास्थ्यलाभको कामना गरे ।
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
बुटवल । लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टोली बधाई
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन् ।
सांसद ज्ञवालीले गरीन दुर्गा प्रसाईलाई कारबाहीको माग
काठमाडौँ । नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको आलोचना गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाही गर्न माग गरेकी छिन् ।
संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।