टिकटक प्रतिबन्ध बिरुद्धमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
युवासंघले निषेधाज्ञापछि प्रदर्शनस्थल गर्यो परिवर्तन
काठमाडौँ । नेकपा एमालेको युवा संघ र अनेरास्ववियुले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् ।
अस्थायी आवास निर्माणका लागि ५ जिल्लामा पहिलो किस्ताको रकम निकासा
४ मंसिर, काठमाडौं - सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा गरेको छ ।
माइतीघरदेखि बानेश्वरसम्म ३० दिनसम्म प्रदर्शन र जुलुस गर्न रोक, निषेधित क्षेत्र घोषणा,
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरमण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
दुर्गा प्रसाईँ र युवा संघलाई माइतीघरमा कार्यक्रम गर्न नदिने निर्णय
काठमाडौँ । मङ्सिर ७ मा दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय भएको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए ।
माइतीघरमा निषेधाज्ञा लगाउने प्रशासनको तयारी
काठमाडौँ । आइतबार गृह मन्त्रालयमा दुईवटा समूहलाई एकै ठाउँमा कार्यक्रम गर्न दिन नहुने बारे छलफल भएको छ । छलफलमा सहभागी गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार ७ मंसिरबाट १५ दिनसम्म माइतिघर हुँदै नयाँ बानेश्वरसम्म निषेधाज्ञा लगाउने गृह प्रशासनको तयारी छ ।
रानी पोखरीमा छठ मनाउन नदिएको भन्दै सीके राउत आक्रोशित
जनकपुरधाम । काठमाडौंको रानी पोखरीमा छठ पर्व मनाउन रोक लगाएकोमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत आक्रोश पोखेका छन् ।
टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्धको प्रारम्भिक सुनुवाइ सोमबार हुने
काठमाडौं - टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ। शुक्रबार परेका ७ रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले सोमबारका लागि पहिलो पेशी तोकेको हो।
टिकटक बन्द गर्ने सरकारको निर्णय : सत्ताधारी दलका नेतानै उभिए विपक्षमा
काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
गगन थापाले भने - टिकटक बन्द गरेर सरकार उल्टो कदम हिँड्यो
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गरेर सरकार उल्टो बाटो हिँडेको प्रतिक्रिया दिएका छन् ।