काठमाडौं—सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर एमाले सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइलबारे भएको अनुसन्धानबारे सदनलाई जानकारी दिन ढिलाइ गरेको कारण सोधे । नक्कली भुटानी शरणार्थीको प्रकरणमा के कति प्रगति भएको छ भनेर भन्न सरकारलाई के अप्ठ्यारो परेको छ ?
सभामुख देवराज घिमिरेलाई अनुसन्धानका सम्बन्धमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सांसद गैरेले आग्रह गरेका छन ।
भ्रष्टाचारविरुद्ध देश आन्दोलित भएको र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट भएको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका रहेको पनि बताएका छन । किन एमालेको यस विषयमा आशंका रह्यो ? यो भने उनले खोलेनन् तर अहिले बजारमा गरेको हल्ला यसमा देउवा पत्नी आरजु राणा, केपी ओली सम्म जोडिन सक्ने विषय निराधार होला या अनुसन्धानले के बताउला त्यो भने अनुसन्धानकै विषयले बताउला ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.