काठमाडौं- जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे ‘जनमत संकलन’ गर्ने भएको छ ।
सो पार्टीले आइतबार एक सूचना प्रकाशित गरी आउँदो साउन ६ गते जनमत संकलन गर्न लागिएको जनाएको छ ।
जनप्रतिनिधिको काम सन्तोजनक नरहे वा जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रणबाहिर गएमा आवश्यक कारबाही गर्ने वा फिर्ता बोलाउने, जनताको पक्षमा काम गर्न अभिप्रेत गर्ने पार्टीको नीति रहेको सो सूचनामा जनाइएको छ ।
‘तपाईंको जनप्रतिनिधिले जनमत पार्टीको अवधारणाअन्तर्गत जनताका लागि काम गरेको छ कि छैन ?’ भन्ने प्रश्नमा मतदान हुने सूचनामा उल्लेख छ ।
भोटिङमा २०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडा/पालिकाका जनमत पार्टीका सदस्यले भाग लिन पाउनेछन् । मतदानको व्यवस्था जनमत पार्टीबाट निर्वाचित भएका सम्बन्धित स्थानीय तहले नै मिलाउने जनाइएको छ । रासस
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ७ जेठ २०८०, आइतबार