काठमाडौं- रोमाञ्चक खेलमा उज्बेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै काजकिस्तान सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ को समूह ‘बी’ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पहिलो सेट २६–२४ ले गुमाएको काजकिस्तानले त्यसपछिका लगातार तीन सेट जित्दै समूह विजेता बनेको हो ।पहिलो सेट गुमाएको काजकिस्तानले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–११ र चौथो सेट २५–१८ ले जितेको थियो ।
जितसँगै काजकिस्तानले तीन खेलबाट नौ अंक जोडेर समूह विजेता बनेको हो । हारका बाबजुद उज्वेकिस्तान पनि समूह उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । यो समूहबाट श्रीलंका र माल्दिभ्स भने अन्तिम खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । यसअघि काजकिस्तानले माल्दिभ्सलाई सोझो सेटमा र श्रीलंकालाई ३–१ को सेटमा हराएको थियो ।
उज्वेकिस्तानले यसअघि माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई समान ३–० को सोझो सेटमा हराएको थियो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
आईपीएल क्रिकेटको ईलिमिनेटर खेलमा आज मुम्बई र लखनउ खेल्दै
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार