काठमाडौं- पूर्व च्याम्पियन लेस्टर सिटीसहित लिड्स युनाइटेड प्रिमियर लिगबाट रेलिगेसनमा पर्दा एभरटन भने जोगिएको छ ।
आइतबार भएको सिजनको अन्तिम खेलमा जित निकाले पनि लेस्टर सिटी रेलिगेसनबाट बच्न सकेन । एभरटन भने एएफसी बर्नमाउथलाई १–० ले पराजित गर्दै रेलिगेसनबाट बच्यो ।
प्रिमयर लिगमा रहिहरन लेस्टरलाई अन्तिम खेल जितेर मात्र पुगेन एभरटन पनि पराजित हुनुपर्ने थियो । एभरटनलाई भने जितले रेलिगेनस जोगिन्थ्यो । यसमा एभरटन सफल भयो ।
लेस्टरले अन्तिम खेलमा वेस्टह्याम युनाइटेडलाई २–१ ले हराए पनि पर्याप्त भएन । एभरटन ३८ खेलबाट ३६ अंक जोड्दै १७औं स्थानमा रह्यो । अन्तिम खेलमा जितेको लेस्टरको ३८ खेलबाट ३४ अंक मात्र भयो ।
१८ औं स्थानमा रहेपछि प्रिमियर लिगमा बढुवा भएको ९ वर्षपछि लेस्टर दोस्रो डिभिजन अर्थात च्याम्पियनसिपमा घटुवा भएको छ । यस्तै टोटनहमसँग ४–१ ले पराजित भएपछि लिड्स पनि रेलिगेसनमा पर्यो । लिड्सको ३८ खेलबाट ३१ अंक मात्र रह्यो ।
साउथह्याम्पटन यस अघि नै रेलिगेसनमा परिसकेको थियो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
पहिलो टी–२० मा नेपाल ५ विकेटले पराजित
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार