२९ जेठ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रेशिका मगर
शेयर गर्नुहोस:
२९ जेठ २०८०, सोमबार
१ वर्ष पहिले
काठमाडौं- अर्थमन्त्रिले ‘प्रतिपक्षको काम राम्रो कुरा भए पनि बिरोध गर्ने नै हो’ भनेर गरिएको उपहास प्रति सांसद ठाकुर गैरेले दुख लागेको बताएका छन् ।
आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएको जवाफ माथि प्रश्न सोध्ने क्रममा उनले आफुहरुको उद्देश्य त्यो नरहेको भन्दै ध्यानाकर्षण हुन जरुरी रहेको बताए ।
त्यसै गरी उनले १७ प्रतिशत खर्च भएको ठाँउमा अर्थमन्त्रिले २७ प्रतिशत पुँजीगत खर्च भयो भनेर दिउँसै रात पार्ने प्रयत्न गरिएको भन्दै यस्तो कुरा सदनमा नर्गन अनुरोध गरे ।
त्यसै गरि उनले पाल्पा जिल्ला नेपालमा पर्छकी पर्दैन भनेर प्रश्न गर्नुपर्ने अवस्था आएको बताए । उनले आफ्नो निर्वाचन क्षेत्र प्रति सरकारको वक्रदृष्टि भएको भन्दै आपति जनाए ।
रेशिका मगर
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
लेवल नभएका सामान बजारमा नपठाउने
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार