काठमाण्डौ- निर्यात व्यवसायी महासङ्घ नेपालले कटन र उनीको धागोमा लगाइएको कर हटाउन सरकारसँग माग गरेको छ ।
सोमवार आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा।प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै महासङ्घले निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो । व्यवसायीहरुले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ ।
महासङ्घका अध्यक्ष शंकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत कर घटाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले कच्चा पदार्थमा कर बढाउनु भनेको आयातलाई प्रोत्साहन गर्नु भएको बताउनु भयो।
उहाँले सरकारले विगतमा निर्यातजन्य उद्योगमा ५० प्रतिशतसम्म आयकरमा छुट दिएपछि १२ प्रतिशत कर तिर्नु पर्नेमा आउँदो आर्थिक वर्षदेखि कर वृद्धि हुँदा २० प्रतिशत पुगेको बताउनु भयो। उहाँले सरकारले विद्यमान करको व्यवस्थालाई कायम राख्न अर्थमन्त्रीसँग माग गरिएको बताउनु भयो।
उहाँले सरकारले निर्यातन्य व्यवसायलाई दिँदै आएको नगद अनुदान पर्याप्त नभएको बताउनु भयो। उहाँले सरकारले सबै क्षेत्रलाई उत्पादन अनुसार वितरण गर्नुपर्ने माग गरिएको बताउनु भयो।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएका छौंः अर्थमन्त्रि
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
२ हजार नाघेर फर्कियो सेयर बजार
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
अर्थमन्त्रिले ‘प्रतिपक्षको काम राम्रो कुरा भए पनि बिरोध गर्ने नै हो’ भनिएको प्रति सांसद गैरेको आपत्ति
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार