काठमाण्डौ- पूर्वी पहाडी जिल्लामा गएको शनिवारदेखिको बाढी पहिरोमा परेर एक सय ९० परिवार विस्थापित भएका छन् ।
पाँचथरमा ९३, ताप्लेजुङमा ८० र संखुवासभामा १७ परिवार विस्थापित भएका प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कडेलले जानकारी दिनुभयो ।
बाढी पहिरोले पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र संखुवासभा बढी प्रभावित छन् । भोजपुर र इलाममा पनि क्षति भएको छ ।
बाढी पहिरोमा परेर अहिलेसम्म नौ जनाको ज्यान गएको पुष्टि भएको छ । पाँचथर र ताप्लेजुङमा तीन/तीन जना तथा संखुवासभामा दुई र भोजपुरमा एक जनाको ज्यान गएको एसपी ऋषिराम कडेलले जानकारी दिनुभयो ।
बाढी पहिरोमा परेर घाइते भएका सात जनामध्ये चार जना डिस्चार्ज भएका छन् भने तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बाढी पहिरोमा परेर बेपत्ता भएका २७ जनाको अवस्था भने अझै पत्ता लागेको छैन । बाढी पहिरोमा संखुवासभाका २१, पाँचथर र ताप्लेजुङका तीन/तीन जना बेपत्ता भएका हुन् ।
त्यस्तै, बाढी पहिरोबाट ४३ वटा घरमा नोक्सानी भएको छ । संखुवासभाका २४, पाँचथरका १०, ताप्लेजुङका छ र इलामका तीन वटा घरमा नोक्सानी भएको प्रहरीले जनाएको छ ।
यस्तै, १२ वटा पक्की र १८ वटा कच्ची गरी ३० वटा पुलमा पनि क्षति भएको छ । पाँचथरका १५, ताप्लेजुङका नौ, संखुवासभाका छ वटा पुलमा क्षति भएको हो ।
त्यस्तै, पाँचथरका सात, ताप्लेजुङका चार, संखुवासभाका तीन र इलामको एक गरी १५ वटा सडक अवरुद्ध भएका छन् । अवरुद्ध भएकामध्ये केही सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १६ वटा हाइड्रोपावर (पाँचथरका ६, संखुवासभाका ८ र ताप्लेजुङका २) मा पनि नोक्सानी भएको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ३ असार २०८०, आइतबार
गएरातिको अविरल वर्षाका कारण ठूलो मानवीय क्षतिः कतै मृत्यु, कतै बेपत्ता
- बि.एम.एन. न्यूज
- ३ असार २०८०, आइतबार
हेवाखोलाको बाढीमा परि बेपत्ता भएका पाँचै जनाको परिचय खुल्यो
- बि.एम.एन. न्यूज
- ३ असार २०८०, आइतबार
पहिरोमा पुरिएकी ९ वर्षीया बालिकाको जीवितै उद्धार
- बि.एम.एन. न्यूज
- ३ असार २०८०, आइतबार