१४ साउन २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- कालीखोलामा लेदोसहितको पहिरो खसेपछि मुग्लिन– नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकामा रहेको कालीखोला पुल नजिक अविरल वर्षापछि माथिबाट आएको लेदोका कारण सडक अवरुद्ध भएको हो।
बाटोमा लेदो थुप्रिएका कारण सडक खण्ड भएर चल्ने गाडी रोकिएका सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । लेदो पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक बन्द हुँदै आएको छ । सङ्घीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १३ साउन २०८०, शनिबार
नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुल्यो
- बि.एम.एन. न्यूज
- १३ साउन २०८०, शनिबार