१३ भदौ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, दोस्रो सफलता हात पारेको छ । मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका हुन भने दोस्रो विकेट भने पाकिस्तानी खेलाडि इमाम उल हक रन आउट भएका हुन् ।
करणले व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका करणले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट लिएका थिए । लगत्तै व्यक्तिगत तेस्रो ओभर बलिङ गरेका सोमपाल कामीको बलिङमा रोहीत पौडलले रन आउट गराएका हुन् ।
टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । ताजा अवस्थामा नेपालले ७ ओभरमा २९ रन दिएर २ विकेट लिएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १३ भदौ २०८०, बुधबार