रुवीको अगुवाईमा लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले मन्त्रीले पदबाट दिए राजीनामा,ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको
कुर्मीको राजीनामा मुख्यमन्त्री आचार्य समक्ष कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पेश गरेको बताइएको छ। मन्त्री कुर्मीको राजीनामा भने स्वीकृत नभएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।
मन्त्री कुर्मीमाथि बाँके प्रहरीको कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ। कुर्मीविरुद्ध बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण गरेर बेपत्ता पारेको आरोप लागेको छ ।
अनुसन्धान चलिरहेकै बेला मन्त्री बनाइएको भन्दै कुर्मीलाई बर्खास्त गर्न काठमाडौंमा रुवी खान नेतृत्वमा आन्दोलन चलिरहेको छ। रुवीको अगुवाईमा आधा दर्जन महिला महिना दिनअघिदेखि माइतीघरमा धर्ना बसिरहेका छन्।् ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.