पाकिस्तान विष्फोटमा सातजनाको मृत्यु
पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा सातजनाको मृत्यु भएको छ भने अन्य २५ जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ।
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
मेडिकलमा बिरामीको उपचार गरेको आरोपमा सञ्चालक पक्राउ
अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामी भर्ना गरेर उपचार गरेको आरोपमा दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।
वीरगञ्जको बाल सुधार गृहबाट २ जना कैदीबन्दी भागे
पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको बाल सुधार गृहबाट दुई जना कैदीबन्दी भागेका छन् ।
एमाले बागमती अधिवेशन : बल्ल सुरू भयो मतदान
नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
आन्दोलन फिर्ता लिन डाक्टरहरूलाई गृहसचिव भट्टराईको आग्रह
गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले आन्दोलन फिर्ता लिन चिकित्सकहरूलाई आग्रह गरेका छन् ।
१७ दिन संसद रोकेर प्रधानमन्त्री घुम्न निस्कनु शोभनीय भएन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको समस्यालाई असरल्ल छाडेर लामो विदेश भ्रमणमा रमाएको भन्दै आलोचना गरेका छन् ।
भारतमा भूकम्पबारे पूर्व सूचना दिने 'एन्ड्रोइड अलर्ट सिस्टम’ शुरु
सर्च इञ्जिन गुगलले भारतमा भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टम’ शुरु गरेको छ ।
भैरहवा विमानस्थल जग्गा प्रकरण : रुपन्देही प्रशासनले थाल्यो छानबिन
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको जग्गा व्यक्तिका नाममा सारिएको विषयमा रुपन्देही प्रशासनले छानबिन थालेको छ ।
भारतद्वारा भन्सार छुट योजना अवधि थप
भारत सरकारले निर्यातित उत्पादनहरूमा शुल्क र कर छुट दिने योजनाअन्तर्गत विद्यमान निर्यात वस्तुहरुमा दिँदै आएको छुटको समयावधि अर्को वर्षको जुन ३० सम्मका लागि थप गरेको छ।