चट्याङ लागेर एक बालकको मृत्यु
उदयपुरको कटारी नगरपालिका–१२, चिलाउनेमा चट्याङ लागेर बालकको मृत्यु भएको छ ।
तनहुँको एक सय ५७ सामुदायिक वनमा आगलागी
तनहुँ- यस वर्ष यहाँ एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ।वनमा आगो लगाउने व्यक्तिको पहिचानका लागि कडाइका साथ सुराकी लगाउने गरे पनि पत्ता लगाउन नसकिएको डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । जिल्लाको ऋषिङ गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिका क्षेत्रमा आगलागीका कारण धेरै क्षति भएको उनले बताए ।बस्ती बढी भएका ठाउँमा डढेलो लाग्ने गरेकाले सुराकी दिने व्यक्तिको नाउँ गोप्य राखी कार्यालयले प्रोत्साहन रकमको समेत व्यवस्था गर्दै आए पनि संलग्न व्यक्तिको पहिचान गर्न कठिनाइ भएको उनले बताए ।प्रायःजसो माथि वन र तल खेतबारी रहेका मानिसले वनमा डढेलो लगाउने गरेको पाइएको छ। उनले भने, ‘वनमा डढेलो लगाउँदा बन्ने खरानी पानी परेसँगै आफ्नो खेतबारीमा बगेर जाने र मल हुने सोचले आगलागीका घटना बढ्ने गरेको छ ।’कतिपय मानिसले वनमा डढेलो लगाउँदा कलिलो घाँस पलाउने, विभिन्न किसिमका च्याउ उम्रिने भएकाले पनि सुक्खा मौसमको समयमा वनमा जथाभावी डढेलो लगाउने गरेको पाइएको छ। वनमा जथाभावी डढेलो लगाउँदा वन्यजन्तु, जनावर, जनावरको बासस्थान र कलिला बोट बिरुवालगायत जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ।पछिल्लो समय पानी पर्न थालेसँगै आगलागीका घटनामा न्यूनीकरण भएको डिभिजन वन कार्यालयले जनाएको छ।
स्रोत नखुलेको सम्पत्ति राज्यले जफत गर्नु पर्नेमा सांसद विष्टको जोड
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति छानविन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध मुद्दा दर्ता, जेठ १७ गते सुनुवाइ हुने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा दर्ता भएको छ ।
बुधबार थपिए १४ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् ।
बसले ठक्कर दिँदा एक महिलाको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
जलनका विरामीलाई पनि क्यान्सर सरहनै आर्थिक सहयोग उपलब्ध गराउन सांसद भण्डारीको माग
नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले जलनका विरामीहरुलाई पनि क्यान्सर रोग सरहनै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
आगलागी हुँदा ३ घर जलेर नष्ट
कपिलवस्तुमा आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् ।