राष्ट्रसंघका महासचिव गुटरेस पाटन दरबार ईस्क्वाएरमा
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले ललितपुरस्थित पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका छन् । आइतबार महासचिव गुटरेसले पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका हुन् ।
राष्ट्रपति पौडेलसँग महासचिव गुटेरेसको शिष्टाचार भेट
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार राष्ट्रपति भवन शितल निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन् । राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका थिए ।
काठमाडौंबाट गुटेरेसको अपिल : गाजामा आपतकालीन मानवीय युद्धविराम गर
काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइनको गाजा क्षेत्रमा आपतकालीन मानवीय युद्धविराम गर्न अपिल गरेका छन् ।
हराईरहेका विपिन जोशीको सकुशल फिर्तिको कामना गर्छु : राष्ट्रसंघका महासचिव गुटेरेस
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक विपिन जोशीको सकुशल स्वदेश फिर्ताको कामना गरेका छन् ।
सम्पत्ति शुद्धीकरण र टीआरसी विधेयक पास गरेर संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी
काठमाडौं । संसदमा विचाराधीन विधेयक र संसदको चालु अधिवेशन अन्त्यको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसँग अनौपचारिक संवाद गरेका छन् ।
नेपाली कांग्रेसको शुभकामना र चियापान शनिबार
काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले भोलि शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच टीआरसी विधेयकमा छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा भएको भेटमा संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल भएको हो ।
तिहारपछि सरकार ढाल्न अघि बढ्छौं : धवलशमशेर राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले तिहारपछि आफ्नै नेतृत्वमा तेस्रो जनआन्दोलन हुने घोषणा गरेका छन् । त्यसमा सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी, देशभक्त, राजभक्त, भ्रष्टाचारविरोधीको साथ लिने उनको दाबी छ ।
अखिल क्रान्तिकारीले बनायो ९९९ सदस्यीय आयोजक कमिटी
काठमाडौँ । अखिल (क्रान्तिकारी) को विद्यामान केन्द्रीय समितिलाई विस्तार गरी नौ सय ९९ सदस्य आयोजक समितिमा रूपान्तरण गरेको छ ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच शुक्रबार भेटवार्ता भएको छ ।