अज्ञातद्वारा मदन भण्डारीको सालिक तोडफोड
रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी वनमा रहेको मदन भण्डारीको सालिक तोडफोड गरिएको छ । खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलका अनुसार महाअष्टमीको राति अज्ञान व्यक्तिले सालिक तोडफोड गरेका हुन् । डोरमणि पौडेल मुख्यमन्त्री हुँदा वाग्मती प्रदेश सरकार, खाँडादेवी गाउँपालिका र वडा कार्यालय समेतको लगानीमा पार्क निर्माण गरी मदन भण्डारीको सालिक राखिएको थियो । सदरमुकाम मन्थली र आसपासका क्षेत्र तथा खाँडादेवी गाउँपालिका मानिसलाई घुम्न जान सो पार्क पायक पर्ने गरी निर्माण गरिएको थियो । पार्कमा राखिएको मदन भण्डारीको सालिकको एउटा गोडा भाँचेर फालिएको छ । त्यस्तै सालिकको पनि विभिन्न भागमा ढुङ्गाले हानेको कारण चोट लागेको छ । यस अघि पनि सो पार्कको गेटमा लगाइएको ताला फोडिएको थियो । पटक पटक ताला फोडिएपछि ताला लगाउन छाडिएकोमा अहिले सालिक नै तोडफोड गरिएको पौडेलले बताए । ‘फरक विचार राख्ने अराजकले तोडफोड गरेर क्षति पुर्याएका हुन्’, पौडेलले भने ।
राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
झलनाथले दसैँमा नेता कार्यकर्ताहरूलाई टीका लगाइदिने
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले यसपटक काठमाडौँमा नै दसैँ मनाउने भएका छन् । खनालले डल्लुस्थित आफ्नो निवासमा दसैँको टीका लगाउने भएका हुन् ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज
काठमाडौं । चीन भ्रमणका क्रममा हृदयघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘डिस्चार्ज’ भएका छन् ।
एनआरएनमा पराजयपछि आरके शर्मा भन्छन्– परिणाम मान्दिनँ, यही बन्दसत्रले नयाँ बाटो तय गर्नुपर्छ
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा पराजित भएका आरके शर्माले परिणाम नमान्ने दोहोर्याएका छन् । उनले अहिलेकै बन्दसत्रबाट नयाँ बाटो तय गर्नुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डको दशैँ शुभकामना सन्देश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दसैँको अवसरमा शुभकामना दिँदै आफूहरूलाई पछाडि फर्कने वा यथास्थितिमा रुमलिने छुट नभएको बताएका छन् ।
‘फाँसी’ को चेतावनी दिने एनआरएन प्रतिनिधिले कुल आचार्यसँग माफी मागे
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको भाषणले एनआरएन महाधिवेशनको माहोल तात्तिएको छ । एनआरएन प्रतिनिधिहरु उनको समर्थन र विरोधमा बाँडिएका छन् ।
एनआरएन सम्मेलनमा गएर झाँक्रीले एनआरएन लाई नै थर्काईन
काठमाडौं । काठमाडौंमा जारी एनआरएन महाधिवेशनमा गरेको आक्रामक भाषणले पूर्वमन्त्री रामकुमारी झाँक्री भाइरल भएकी छन् । एनआरएन सम्मेलनमा अतिथि बनेर पुगेकी उनी एनआरएनलाई नै गाली गरेर चर्चामा आएकी हुन् ।
प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा, अध्यन सकेर आजै काठमाडौँ फर्कने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान मुस्ताङको जोमसोम गएका छन्। जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै जोमसोम गएका हुन्।
देशको जिम्मा माओवादीले लिनुपर्ने विप्लवको भनाई, माओवादी बाहेक अन्यले जिम्मा लिन नसक्ने जिकिर
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको जिम्मा माओवादीले लिनुपर्ने बताएका छन् । सोमबार समाजवादी मोर्चाले सुदूरपश्चिमको धनगढीमा आयोजित सन्देशसभामा बोल्दै उनले माओवादीबाहेक अन्यले जिम्मा लिन नसक्ने जिकिर गरे ।