विपिन जोशीको खोजीका लागि सरकारले थाल्यो अन्तर्राष्ट्रिय पहल
काठमाडौँ । इजरायलमा सम्पर्कविहीन बनेका विपिन जोशीको खोजी कार्य जारी छ । त्यसका लागि नेपाल सरकारले इजरायल सरकारसँग पहल गरिरहेको छ । सोही आधारमा उनको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ।
कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीलाई देउवाले बोलाए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएका छन् । ४ बजे धुम्बाराहीस्थित निवासमा देउवाले बैठक राखेका हुन् ।
सत्ता गठबन्धनमा कोशी पस्यो, सरकार बद्लिन सक्छ ।
कोशी – शेखर कोइराला समूहले एमालेसँग कोशीमा मुख्यमन्त्री बनेका केदार कार्कीले एमाले सांसदलाई मन्त्री बनाएर कांग्रेसको संस्थापन पक्षलाई चकित बनाएको छ । शेखर, प्रचण्ड र शेरबहादुरको हस्ताक्षर गरेको टुक्रा समाजिक संजालभर मजाकको सिग्लनमा प्रेसित थियो । यो सुत्रले यदि अरु प्रदेशमा पनि खेल्न सुरु गर्यो भने यसो पनि हुसक्छ कि केन्द्रीय सरकार नरहन पनि सक्छ । एमालेको यो रणनीति अरु प्रदेशमा पनि सफल भयो भने राजनीतिले अर्को रुाप लिन सक्छ, गगनले भनेजस्तै, समाजवादी मोर्चा फुटेर माओवादी एमाले फेरी एकठाउँ नआउला भन्न सकिन्न, हेर्दा कांग्रेस सँगको यो गठबन्धन चुनावसम्म मात्रै जाने देखिन्छ, अबको चुनाव प्रजातान्त्रिका धार र बामपन्थी धार बिच मुख्य प्रतिस्पर्धा रहनेछ भने बैकल्पिक र स्वतन्त्रहरु तेश्रो धारमा आउने देखिन्छ । भर्खरै खुकुरी प्रहार गरिएका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले नेताहरूबीच गठबन्धन जोगाउन सहमति भए पनि जटिलता रहेको बताए, मध्यावधी अझै नटरेको अबस्था यसबाट प्रष्ट हुन्छ । गठबन्धन सरकारको आयु किन यसरी छोटिरहेको छ, प्रश्नमा विश्लेश्कहरु बताउँछन्, सरकार धेरै ठाउँमा चुकेको छ । एक–दुई महिनाभित्रै अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरण बन्न सक्ने ठूलो संभावना छ ।
अर्थमन्त्री डा. महत स्वदेश फर्किए
काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा भाग लिएर नेपाली प्रतिनिधिमण्डल टोली स्वदेश फिर्ता भएको छ ।
कार्कीजी गठबन्धनकै मुख्यमन्त्री हुनुभयो, एमालेले के गर्छ थाहा छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की गठबन्धनकै मुख्यमन्त्री भएको बताएका छन् ।
काठमामडौं – सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि नेताहरूले सहमतिको प्रयास गरेका छन् ।
काठमामडौं – सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि नेताहरूले सहमतिको प्रयास गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयामा लागेका हुन् ।ओली पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशनको अभिभारा दिएर काठमाडौं फर्किएका थिए । ओली फर्किएपछि महासचिव पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् ।धनगढीको रुवस होटलमा बसेका पोखरेलले आइतबार नेताहरुसँग छलफल गर्न थालेपछि आइतबार साँझ बन्द सत्र सुरु हुन सकेन ।‘महासचिव ज्यूले अहिले सुदूरपश्चिमबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्य ज्यूहरुसँग राय सुझाव लिइरहनुभएको छ । सोही कारण आइतबार बन्द सत्र सुरु हुन नसकेको हो,’ एमालेका एक नेताले भने ।उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममासमेत ओलीले सहमति गरेर नेतृत्व चयन गर्न भनेका थिए ।अध्यक्षमा आकांक्षा राखेका कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहलाई सँगै राखेरसमेत ओलीले नेतृत्वको निर्देशन पालन गर्न भनेका थिए, तीन जना आकांक्षी मध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्न सकिने विकल्पमा छलफल चलिरहेको नेताहरु बताउँछन् ।बन्द सत्र आज बिहान ८ बजेदेखि सुरु गर्ने तय गरिएको थियो । तर, नेताहरू सहमतिको प्रयासमा लागेपछि सुरु हुने अनिश्चित भएको छ ।
कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज १९ गते विश्वासको मत लिने भएका छन्।
व्यक्तित्वको टकराबले अर्थतन्त्रलाई बन्धक बनाउन हुँदैन : सांसद वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले व्यक्तित्वको टकराबले देशको अर्थतन्त्रलाई बन्धक बनाउन नहुने बताउनुभएको छ ।
‘फागुन १ को बिदा तत्काल फिर्ता लिनुस्, नत्र थप कदम चाल्न बाध्य हुन्छौं’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ मा बिदा दिने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्।
कालोबजारी रोक्न उदय शमशेरले सरकारलाई गराए ध्यानाकर्षण
नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले गएको तीन महिनामा महँगी अत्यधिक बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।