काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिका लागि रितपूर्वक पेश भएको ३० दिनभित्र स्वीकृत गर्नुपर्ने व्यवस्था गरेको बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै आगामी आर्थिक वर्षदेखि निवेदन पेस भएको ३० दिन भित्र वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत हुनुपर्ने व्यवस्था गरेको बताएका हुन् ।
वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन बमोजिम कटान गर्नुपर्ने रुखको संख्यामा १० प्रतिशतसम्म फरक परेमा पूरक वातावरणीय मूल्यकंन गर्नुनपर्ने व्यवस्था समेत गरिने अर्थमन्त्रीको भनाई छ । उक्त प्रतिवेदन स्वीकृत भएपछि नेपाल सरकारबाट रुख कटानको स्वीकृति दिने र स्वीकृत मिलेको १५ दिन भित्रै काटिसक्नुपर्ने व्यवस्था समेत हुने छ ।
यसबाट वन क्षेत्रको भोगाधिकार र रुख कटान प्रवृत्ति सहजीकरण भई विकासका काम सहज हुने अर्थमन्त्रीको अपेक्षा छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
आधारभूत मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार