पाँचथर- जिल्लाकै दुर्गम मानिने याङवरक गाउँपालिका १ खोला घारी चोकमागमा गएको पहिरोका कारण विस्थापित भएका पीडितलाई तुइन मार्फत राहत सामग्री पठाइएको छ ।
असार ४ गते विस्थापित भएका उनीहरूलाई हेवा खोलामा तुइन टाँगेर खोला पारी बुधवार साँझ पहिलो पटक राहत सामग्री पठाइएको हो ।
जिल्ला सदरमुकाम फिदिमदेखि १६ कोष टाढा रहेको खोला घारी चोकमा २२ घरका ९० जना विस्थापित भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो । पहिरोका कारण विस्थापित भएका नागरिक स्थानीय लेखनाथ राई र मोहन राईको आँगनमा त्रिपाल टाँगेर बसेका छन् ।
विस्थापित नागरिकले खाद्यान्न सकिएको भन्दै फोन गरेपछि उपाय झिकेर सामग्री पठाइएको प्रजिअ मग्रातीको भनाई छ ।
तुइन बनाउन १२० मिटर लट्ठा र त्यसको दोब्बर डोरी प्रयोग गरिएको छ । एक पटकमा ९० किलो सामग्री तार्न सकिन्छ । तुइन बनाउन उद्योग वाणिज्य सङ्घ,प्रहरी र प्रशासनले सहकार्य गरेका हुन ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ७ असार २०८०, बिहिबार
शनिवारदेखिको बाढी पहिरोमा परेर ९ जनाको मृत्यु, एक सय ९० परिवार विस्थापित
- बि.एम.एन. न्यूज
- ३ असार २०८०, आइतबार
बाढीपहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै खोजी कार्यमा लाग्न प्रधानमन्त्री दाहालको निर्देशन
- बि.एम.एन. न्यूज
- ३ असार २०८०, आइतबार
पहिरोमा पुरिएकी ९ वर्षीया बालिकाको जीवितै उद्धार
- बि.एम.एन. न्यूज
- ३ असार २०८०, आइतबार
हेवाखोलाको बाढीमा परि बेपत्ता भएका पाँचै जनाको परिचय खुल्यो
- बि.एम.एन. न्यूज
- ३ असार २०८०, आइतबार