इलाममा भारतीय गाडीको प्रयोग गरी ‘नो भोट’अभियान, दुर्गा प्रसाईं सहभागी
इलाम । यही बैशाख १५ हुने इलाम २ को उपनिर्वाचनलाई लक्षित गर्दै सदरमुकाममा ‘नो भोट’ अभियान चलाइएको छ । विहीबार इलाम चोक बजारमा नेपाल र भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिहरुले ‘नो भोट’ अभियान चलाएका हुन् ।
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेकपा एसलाई सघाउन कांग्रेस तयार
काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार देखिएको छ ।
पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला, ५ चिनियाँ नागरिकसहित ६ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानमा ठुलो आत्मघाती हमला भएको छ । खैबर पख्तुनख्वाको गाला जिल्लाको बेशाम सहरमा चिनियाँहरू सवार बसमा आत्मघाती हमला भएको बताइएको छ ।
युक्रेनमा रुसी मिसाइल आक्रमण : ५ जनाको मृत्यु, ४० घाइते
एजेन्सी । युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् । मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको त्यहाँका आन्तरिक मन्त्री इहोर क्लाइमेन्कोले बताए ।
एक्सबाट कमाई हुन्छ यति धेरै, मा एउटै भिडियोबाट २ लाख ६३ हजार डलर
लस एञ्जलस । ‘मिस्टर बिस्ट’ को नामले चर्चित कन्टेन्ट क्रिएटर जिमी डोनाल्डसनले हालै सामाजिक सञ्जाल एक्समा एउटा भिडियो हालेका थिए । एक्समा हाल्दा एउटै भिडियोबाट कति कमाइ हुन्छ भनेर हेर्न उनले उक्त भिडियो पोस्ट गरेका थिए । सोमबार एउटा पोस्ट गर्दै मिस्टर बिस्टले उक्त भिडियोमा आएको विज्ञापनबाट आफूले २ लाख ६३ हजार अमेरिकी डलर (साढे ३ करोड रुपैयाँ) कमाएको बताएका छन् ।
पाकिस्तानी अभिनेत्री सना जावेदसँग शोएब मलिकको तेस्रो विवाह
इस्लामाबाद । पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान शोएब मलिकले तेस्रो विवाह गरेका छन् । ४१ वर्षीय शोएबले अहिले ३० वर्षीया पाकिस्तानी अभिनेत्री सना जावेदसँग विवाह गरेका हुन् ।
पाकिस्तान क्रिकेट बोर्डका अन्तरिम अध्यक्षद्वारा राजीनामा
इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्डका अन्तरिम अध्यक्ष जाका अशरफले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । अशरफले शुक्रबार लाहोरमा भएको पीसीबी प्रबन्ध समितिको बैठकको अध्यक्षता गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
४२ हजार भन्दा बढी मध्ये २७ हजार ९१ भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत
काठमाडौँ । रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । बयालीस हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ढोरपाटन दुर्घटनाका तीन घाइतेलाई हेलिकप्टरद्वारा उपचारका लागी पोखरा पठाइयो
गलकोट । बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाइएको छ । बु
अमेरिकामा रक्षामन्त्री अस्पतालमा भर्ना हुँदा राष्ट्रपति बेखबर
वासिङ्टन डिसी । अमेरिकामा रक्षामन्त्री बिरामी परेर अस्पतालमा भर्ना भएर बसेको कुरा कयौँ दिनसम्म राष्ट्रपतिलाई जानकारी नगराइएको खुलासा भएको छ ।