कुमार रम्तेललाई पोखरा पठाइयो
काठमाडौ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई पोखरा फिर्ता गरिएको छ ।शनिबार काठमाडौ ल्याइएका रम्तेको बयान सकेर सोमबार साँझ पोखरा फिर्ता गरिएको हो । जिल्ला प्रहरी काठमाडौंका एक अधिकृतका अनुसार रम्तेललाई सोमबार साँझ प्लेनमार्फत पोखरा पठाइएको हो ।स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की कारागारमा रहेका रम्तेललाई झिकाएर प्रहरीले बयान लीएको हो ।रम्तेललाई पोखरा फिर्ता गरिएसँगै आजै कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउन लागिएको छ । काठमाडौं परिसरका एक अधिकृतका अनुसार आज छविलाई ल्याएर बयान गराउने र छवीको बयान सकिएपछि मात्रै रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्गा प्रसाईं पक्राउ
काठमाडौ। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।सीआईबी प्रमुख दीपक थापाका अनुुसार पक्राउ गरेर व्युरोतर्फ लगेपस्चात थप अनुसन्धान गर्ने सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं उनले अनलाइनखबरसँग भने ।उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।
पाकिस्तानमा वायु प्रदूषणको गम्भीर असर
काठमाडौ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ
काठमाडौ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो । कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले पनि अधिकारीलाई काठमाडौं पठाउन लागिएको पुष्टि गरे लगतै जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको स्रोतले बतायो । उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं पठाउने तयारी भइरहेको छ। कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ। मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनीसँगै अन्य ३ जना व्यक्ति संगजापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो ।मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ भने अहीलेअधिकारीआफूलाई फसाइएको दाबी गर्छन् उनले अनुसन्धानमा सघाउने बताएका छन् ।
लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहनुभएका लामिछानेलाई चौथो पटक म्याद थपका लागि अदालत लगिएको हो । लामिछानेको मुद्दा न्यायाधीश नवराज दाहालको इजलासमा छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगी हिनामिना गरेको अभियोगमा कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई कात्तिक २) गते १४ गतेबाट लागू हुने गरी १) दिन म्याद थप गरिएको थियो । लामिछानेलाई पहिलो पटक कात्तिक ४ गते ६ दिन, दोस्रो पटक ७ दिन म्याद थप भएको थियो भने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी, कर्मचारी गीता र नेचर हब्र्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई म्याद थपका लागि अदालत लगिएको छ । उनीहरुविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्र् शुद्धीकरण अभियोगमा अनुसन्धान जारी छ ।
सामाजिक अभियन्ता सापकोटा लण्डनमा सम्मानित
लन्डन । सफल व्यवसायी दयानिधि सापकोटालाई लण्डनमा सन्चालित अनलाइन मिडिया साउथ एसिया टाइमले शनिबार एक कार्यक्रमबीच उनको सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको छ। बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले सापकोटालाई सम्मान गरे । सापकोटा सन् २००६ बाट नै गैर आवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा थिए । उनले नेपालमा आपतविपत र प्राकृतिक विपत्ति हुँदा होस् वा शैक्षिक तथा स्वास्थ्य क्षेत्र, निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् । बाग्लुङ काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका दयानिधि स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे । करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायत आएका हुन् । बेलायतको लेस्टरमा दुई इटालियन रेष्टुरेन्टका सन्चालक सापकोटा इटालियन खानाको कुशल सेफ पनि हुन् ।
आइपिएलमा पाँच हजार रन बनाउने धोनी पहिलो विकेटकिपर
काठमाडौँ । चेन्नई सुपर किंग्सका पूर्वकप्तान महेन्द्र सिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल) मा पाँच हजार रन पूरा गर्ने पहिलो विकेटकिपर बनेका छन् ।
राष्ट्रपति चुरे कार्यक्रमका एक अधिकृत घूस लिँदालिँदै पक्राउ
काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईका एक अधिकृत घूस लिँदालिँदै पक्राउ परेका छन् ।
राष्ट्रपति चुरे कार्यक्रमका एक अधिकृत घूस लिँदालिँदै पक्राउ
काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईका एक अधिकृत घूस लिँदालिँदै पक्राउ परेका छन् ।
राष्ट्रपति चुरे कार्यक्रमका एक अधिकृत घूस लिँदालिँदै पक्राउ
काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईका एक अधिकृत घूस लिँदालिँदै पक्राउ परेका छन् ।