![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार अभियुक्तलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याईयो
काठमाडौं । प्रहरीले जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका अभियुक्तलाई कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।
एकीकृत समाजवादीको बैठक लम्बियो, अधिवेशनहरु स्थगित
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक लम्बिएको छ । विधान संशोधनबारे छलफल गर्न सोमबार र मंगलबारलाई बोलाएको बैठक पुनः शनिबार बस्नेगरी स्थगन भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
शेयर बिक्री प्रकरण : सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ
काठमाडौं । सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीबारे एनसेल र नेपालका सरकारी निकायसँग लिखित जवाफ माग गरेको छ ।
'मेरो कोडिङ क्लास’ को आयोजनामा ५ लाख बराबरको छात्रवृत्ति सहित कोडिङ प्रतिस्पर्धा हुँदै
काठमाडौं । बालबालिकालाई लक्षित गर्दै कोडिङ प्रतियोगिता हुने भएको छ । ‘मेरो कोडिङ क्लास’ को आयोजनामा पुस १७ देखि विभिन्न चरणमा 'कोडिङ किकस्टार्ट २.०' प्रतियोगिता हुने भएको हो ।
नेपाली काङ्ग्रेस महासमिति सदस्य निर्वाचन स्थगित, बिना जानकारी निर्वाचन स्थगित गरेकोमा दीपक खड्काको आपत्ति
रामेछाप । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति रामेछापको पुर्ण बैठकले निर्णय गरी २०८० पौष ६ गत्ते तोकीएको महासमिति सदस्य निर्वाचन नेपाली काङ्ग्रेस रामेछापका सभापति माननिय पूर्ण बहादुर तामाङ् (कान्छाराम) को स्वास्थ्यमा समस्या आएर उपचारारत रहेको भन्ने लिखित जानकारी निर्वाचन समितिलाई प्राप्त भएको भन्दै निर्वाचन समितिले निर्वाचन स्थगित गरेको छ ।
मकवानपुरको दुई स्थानीय तहले तोक्यो कोदो, फापर र जुनेलोको मूल्य
हेटौंडा । मकवानपुरका दुई स्थानीय तहले रैथाने बालीको मूल्य निर्धारण गरेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको न्यूनतम मूल्य निर्धारण गरेका हुन् ।
राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दिए निवेदन
काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
गेटामा डा.केसीलाई अनशन बस्न संघर्ष समितिको अवरोध
काठमाडौं । आमरण अनशन बस्न गेटा मेडिकल कलेज, धनगढी पुगेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीलाई संघर्ष समितिले अवरोध गरेको छ ।
हिउँदयाममा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा बागमती प्रदेशदेखि पश्चिमी भेगका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण छ । तापक्रम भने गत वर्षको हाराहारीमै हुने प्रक्षेपण छ ।
एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्ने तीन जना पहिचानवादी हलेसीबाट पक्राउ
विराटनगर । नेकपा एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्न आह्वान गरेको बन्दका क्रममा खोटाङको हलेसीबाट तीन जना पहिचानवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजेश राईको नाम खुलेको भए पनि अन्यको नाम खुलेको छैन ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)