हिन्दी फिल्म ‘सलार’ मा मेनुका पौडेलको पार्श्व गायन
काठमाडौँ । गायिका मेनुका पौडेलले भारतीय फिल्म ‘सलार’मा पार्श्व गायनको अवसर पाएकी छन् । भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’मा आफ्नो प्रस्तुति मार्फत सबैको मन जित्दै आएकी उनले सोही कारण भारतीय फिल्ममा अवसर पाएको बताइएको छ ।
एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार गरिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि
काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार गरिएकोमा असन्तुष्टि जनाएका छन् । सोमबार प्रेस सेन्टर नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यसको प्रतिवाद गर्न आग्रह गरे ।
अस्ट्रेलियाली क्रिकेटमा विचित्रको घटना, मिडल स्टम्प ढले पनि अम्पायरले ब्याट्सम्यानलाई दिएनन् आउट
काठमाडौँ । अस्ट्रेलियाको घरेलु क्रिकेटका क्रममा एउटा विचित्रको घटना भएको छ । अस्ट्रेलियाको तेस्रो श्रेणीको एसीटी क्रिकेट प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । खेलका क्रममा बलरले फालेको बलले लागेर ‘मिडल स्टम्प’ (बिचको स्टम्प) ढले पनि अम्पायरले ब्याट्सम्यानलाई आउट दिएनन् ।
नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । निश्चित आफन्त र नातेदारबाट मात्रै मानव अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्थाका कारण बाँच्न पाउने हक हनन भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
आज पनि सेयर बजारमा तीव्र उतारचढाव, एक घण्टामै २ अर्ब नाघ्यो कारोबार
काठमाडौं । अघिल्लो दिन पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार दोस्रो दिन सोमबार भने तीव्र उतारचढाव देखिएको छ । १०:३० बजे खुलेको प्रि-ओपनिङ कारोबारमा बजार २५ अंक बढेको थियो ।
पद्म प्रसाद पाण्डे संघीय संसदको नयाँ महासचिवमा सिफारिस
काठमाडौं । संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पदम प्रसाद पाण्डे सिफारिस भएका छन् ।
बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित
बेइजिङ । आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ । आइतबार साँझ ७ बजेदेखि सोमवार बिहान ८ बजे सम्ममा बेइजिङ शहरमा औसत ५.७ मिमी हिमवर्षा भएको छ ।
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशको रिट निवेदन न्यायाधीश शर्माको इजलासमा
काठमाडौँ । एनसेलको सेयर बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।
संघीय संसद सचिवालयका महासचिव डा.भरत गौतमले ले दिए राजीनामा
काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव डा. भरत गौतमले राजीनामा दिएका छन् ।
बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक
काठमाडौं । प्रधानमन्त्री निवास बालुवटारमा गठबन्धन दलका शीर्ष नेताहरू बैठक बसेको छ ।