कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकियो
विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ । मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
एमालेको सङ्कल्प यात्राको टोली सुदूरपश्चिमबाट कर्णाली प्रवेश
काठमाडौँ । एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गरेको छ । मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको यात्रा सुदूरपश्चिमका विभिन्न जिल्लामा कार्यक्रम सकेर आइतबार अछामबाट दैलेख जिल्ला प्रवेश गरेको हो ।
सम्बन्धित पालिकाहरूबाटै सडक बत्तीको महसुल बक्यौता असुलउपर गर्न निर्देशन
काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
फागुन १ मा राजाको हातबाट बत्ती बालेर गणतन्त्र फाल्छौँ : दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्ने चेतावनी दिएका छन् ।
नेपाल एयरलायन्स कर्मचारीले गरे आन्दोलन सुरू, कार्यकारी अध्यक्षलाई कार्यालय प्रवेश निषेध
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै कर्मचारीले आन्दोलन सुरू गरेका छन् । एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीहरूले गेटमै धर्ना दिएर अधिकारीलाई प्रवेश निषेध गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा लाग्यो आगो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ ।
फिलिपिन्समा ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
मनिला । पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
दोस्रो एनबिएसए लालीगुराँस कपको उपाधि नेपाल पुलिस स्कुललाई
काठमाडौ । डिसेम्बर १-२ मा बुढानिलकण्ठ स्कुलमा भएको प्रतियोगितामा नेपाल प्रहरी स्कुलले भक्तपुर राइजिङ स्टारलाई फाइनलमा ९-३ स्कोरले पराजित गरि उपाधि कब्जा गरेको छ।
प्रतिपक्षसँगको सम्झौताले बागमती प्रदेश सरकार दबाबमा
मकवानपुर । बागमती प्रदेश सरकार गत असारमा बजेट कार्यक्रम पारित गर्दाको चरणमा प्रतिपक्ष दलहरूसँग गरेको सहमतिका कारण दबाबमा परेको छ ।
काठमाडौं महानगरपालिकाले माग्यो २३० कर्मचारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा २३० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि तथ्यांक संकलन गर्न २१ जना सुपरिवेक्षक र २०९ जना गणकका लागि आवेदन आह्वान गरेको हो ।