![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
कोशीमा मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु, ८ बजेबाट सांसदहरुको सनाखत हुँदै
विराटनगर । केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका ४७ प्रदेशसभा सशरीर उपस्थिति हुँदा पनि कार्कीलाई मुख्यमन्त्री नियुक्त नगरेका प्रदेश प्रमुखले दुवै पक्षका सांसदको सनाखत गराउँदै छन् ।
मृत फेला सोना सिवाकोटी, दोलखा कि हुन ।
काठमाडौं – द क्लिफ साईट रिसोर्ट धादिङ्गमा दोलखा कि २५ वर्षिय सोना सिवाकोटी मृत अवस्थामा फेला परेकि थिईन, उनको घर दोलखाको कालिन्चोक गाउँपालिका ८ हो । सोना रिसोर्टमा भुवन श्रेष्ठ नामका साथी सँग गएको कुरा अनुसन्धानले खुलेको छ । भुवन श्रेष्ठलाई ज्यान सम्बन्धी कसुरमा म्यद थप गरि अनुसन्धान सुरु भैरहेको श्रोतले जनाएको छ । असोज २ गते सोनालाई मृत अबस्थामा फेला पारेपछि अनुसन्धान सुरु भएको थियो, अनुसन्धानले भुवन श्रेष्ठ सँग ६ महिना देखि सम्बन्धमा रहेको र सो दिन पनि सोना र भुवन रिसोर्टमा बसेको समेत खुलेको थियो ।धादिङ्गको गजुरीमा डान्स सिकाउने भुवन सँग सोना नजिक भएपछि, उनिहरु बिच प्रेम सम्बन्ध भएको शंका गर्न सकिन्छ, सोना उनै भुवनसँग डान्स सिकिरहेकी थिईन,उनको हत्या हो वा आत्माहत्या त्यो अनुसन्धानले खुलाउने छ, तर घटना पछि पोष्टमार्टम रिपोर्टमा भने सोनाले झुण्डिएर आत्महत्या गरेको कुरा उल्लेख छ । समाजमा मानसिक स्थास्थ् यबारे थप शिक्षा दिन जरुरी देखिन्छ, आवेग र हतारमा आजभोली मानिसहरुले अप्रिय निर्णय लिने गरेका तथ्य बढेका छन् , यसलाई रोक्न स्थानिय तह देखि नै एड्भोकेसी गर्न जरुरी देखिन्छ । बिएमएन न्यूज, काठमाडौं ।
हरि पोखरेलको उन्मुक्ति लिने दाऊ, उच्च अदालतमा पिडितका पक्षमा धर्ना र नारावाजी
काठमाडौं – जबरजस्ती करणी अभियोगमा पक्राउ परि कारागार चलान भएका हरि कुमार पोखरेललाई उन्मुक्ति दिने आशंकामा पीडितहरु धर्नामा बसेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशका आधारमा कारागार चलान भएका पोखरेलले पनरावेदनका लागि उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । आज उनको मुद्दा उच्च अदालतका न्यायाधीश राजेश खरेल र रमेशराज पोखरेलको ईजलाशमा परेको छ । २ नम्बरमा पालो रहेको यो मुद्दामा मिलेमतो हुनसक्ने आशंका बढेको भन्दै उनीहरु उच्च अदालत पाटनमा धर्नामा बसेका हुन् ।गत भदौ ८ गते जिल्ला अदालत काठमाडौंले पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने मिलापत्र गर्न दबाव दिनेहरुलाई जनही ३ लाख रुपैयाँ धरौटी माग भएको थियो । विगत एक वर्षदेखि उनको घरमा कामदारको रुपमा कार्यरत परिवर्तित नाम (२६) परिसर (४) माथि पोखरेलले पटक पटक बलात्कार प्रयास गरेका थिए ।गत असार ८ गते भने पीडित युवतीले भिडियो रेकर्ड गर्न सफल भएकी थिइन् । शक्तिशाली व्यक्तिका आफन्त समेत रहेका पोखरेल विरुद्ध जाहेरी लिन प्रहरीले समेत आनाकानी गर्दै आएको थियो । तर, पीडितले सामाजिक सञ्जालमा आफूले न्याय नपाएको बताएपछि अस्पतालमा उपचारको नाटक गर्न पुगेका पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो ।उनलाई विभिन्न प्रलोभन र धम्की दिने दुई जनालाई भने जिल्ला अदालत काठमाडौंले तीन तीन लाख धरौटी माग गरेको छ । यसरी धरौटी माग भएकाहरुमा रन्जित कुमार जैसवाल र रामजी भन्ने चेतन न्यौपाने रहेका छन् । त्यस्तै अधिवक्ता भोजराज रेग्मी र काभ्रे घर भएका गुण्डा नाइके एमान तामाङ फरार सुचीमा थिए । तामाङ्गले धरौटी बुझाएको खबर छ ।
नेपाली फुटबल टिम दोस्रो खेलका लागि लाओस जाँदै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो खेल खेल्न आज लाओस जाँदैछ ।
एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रद्द
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।
कोशीमा टुटेको गठबन्धन, केन्द्रमा ल्यायो तरंग
यो अप्राकृतिक गठजोड नै हो, कालन्तरमा कम्युनिष्ट एकठाउँ र प्रजातान्त्रिक गठबन्धन अर्को ठाउँ हुने निश्चित छ
इजरायलबाट नेपाली विद्यार्थी ल्याउने विमान राति सवा ९ बजे आइपुग्ने
काठमाडौं । इजरायलमा नेपाली विद्यार्थी लिन गएको जहाज बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्ने भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्र भ्रमणमा, नेपाललाई छैन जानकारी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् ।
इजरायलमा रहेका २०० बढीले घर फर्किन टिपाए नाम
काठमाडौं । इजरायलमा रहेका २०० भन्दा बढी नेपालीले घर फर्किन नाम टिपाएका छन् ।
सिक्किम बाढीपहिरोपछि १० नेपाली सम्पर्कविहीन
विराटनगर । रोजगारीका लागि सिक्किम पुगेका इलामका १० नेपाली सम्पर्कविहीन भएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)