निजी स्कुलका शिक्षकलाई सरकारी सरह तलब दिन काठमाडौंका मेयर साहको निर्देशन
सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरेको छ ।
पाँच दिनभित्र जवाफ पेस गर्न कोशी प्रदेशका मन्त्री राजभण्डारीलाई उच्च अदालतको आदेश
उच्च अदालत विराटनगरले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई पाँच दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ ।
युवराज सफलले रवि लामिछानेमाथि हालेको रिट निवेदन संवैधानिक इजलासबाट खारेज
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संवैधानिक इजलासबाट राहत पाएका छन् ।
ललिता निवास जग्गा प्रकरणमा समातिएका ४ जनालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका चार जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
एमालेद्वारा कर्णालीको संसद् अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णालीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ।
हुबहु बजेट पारित गर्न खोजेको भन्दै एमाले र रास्वपाका सांसदद्धारा विरोध
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट हुबहु पारित गर्न खोजेको भन्दै विपक्षी दलहरू एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विरोध जनाएका छन् ।
ललिता निवास प्रकरणमा हदम्याद लागू नहुने
बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गालाई व्यक्तिको कायम गर्ने क्रममा भएको किर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीले दाबी गरेको छ ।
कोशीमा सरकार र संघर्ष समितिबीचको वार्ता स्थगित
कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेका पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ।
बजेटको पक्षमा मत दिने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने निर्णय गरेको छ ।
बालेनविरूद्ध परेको अदालतको अपहेलना मुद्दामा लिखित जवाफ माग
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्ध परेको अदालतको अपहेलना मुद्दामा लिखित जवाफ मागेको छ ।