सल्यान दुर्घटना अपडेट : मृतक दुवैको सनाखत
सल्यानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जानकी मन्दिरको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम आइपुगेका छन्।
नेपाल र चीनबीच १२ बुँदे सम्झौता
नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा सम्झौतामा हस्ताक्षर भएको छ।
नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी तीब्र, अध्यक्षका लागि पाँचजनाको नाम चर्चामा
नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको तीब्र तयारीसँगै भावी नेतृत्वको दाबेदारी दिनेहरुको हउडबाजी चलिरहेको छ । असोज १०-११ मा प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुन गइरहेको अधिवेशनका लागि ६ सय प्रतिनिधि छनोट भएका छन् ।
चिनिया प्रधानमन्त्रीसंग द्विपक्षीय भेटवार्ता जारी
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता भएको छ । स्थानीय समय अनुसार बिहान ११ बजे ग्रेट हल अफ द पिपुलमा भेटवार्टा भएको हो ।
गौशालाबाट लुटियो ६ लाख ५० हजार रुपैयाँ
गौशाला नगरपालिका-११ भरतपुरका शम्भु महतोको ६ लाख ५० हजार रुपैयाँ गौशाला बजारबाट लुटिएको छ। ओखलढुंगामा रहेको छोरी ज्वाईले सापटीस्वरूप पठाएको रकम बैंकबाट झिक्ने बित्तिकै अज्ञात समूहले लुटेर लगेको पीडित महतोले बताए।
राजनीतिप्रति नकारात्मक प्रवृत्ति हावी : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हावी भएको बताएकी छन्।
बेनिनको पेट्रोल भण्डारमा आगो लाग्दा ३५ जनाको मृत्यु
गैरकानुनी ढङ्गले बेनिनको दक्षिणपूर्वी ओउमे क्षेत्रमा सञ्चालन गरिएको पेट्रोल भण्डार गृहमा आगो लाग्दा एक जना शिशुसहित कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी गम्भीर घाइते भएका छन्।
मधेसमा भइरहेका साम्प्रदायिक घटनाबारे नयाँ निर्णय लिन सक्छाैँ : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले निर्णय लिनसक्ने सङ्केत गर्नुभएको छ ।
नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ उद्याेगीलाई प्रधानमन्त्री प्रचण्डकाे आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर भएको बताउनुभएको छ ।