सांसदहरु रबर स्ट्याम्प होइनन्ः सांसद पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले सांसदहरुलाई रबर स्ट्याम्पको रुपमा उपयोग गरेर विधेयक पास गराउँने प्रयास सफल हुन नसक्ने बताएका छन् ।
केही मानिसलाई फाइदा हुने गरी विधेयक ल्याएको भन्ने आरोप गलतः मन्त्री गुरुङ
कानूनमन्त्री धनराज गुरुङ्ले, केही मानिसलाई फाइदा हुने गरी विधेयक ल्याएको भन्ने आरोप गलत भएको जिकिर गरेका छन् ।
कोही मान्छे आमरण अनसन हड्ताल बस्छ भन्ने डर राख्नहुन्नः पौडेल
नेकपा माओवादी पार्टीका सांसद देवेन्द्र पौडेलले शिक्षामा देखा परेको व्यथितीलाई नियन्त्रण गर्न केही नेपाल ऐनलाई परिमार्जन गर्नु पर्ने बताएका छन् ।
सरकारले व्यक्ति र दलको स्वार्थमा विधेयक ल्याएको सांसद पौडेलको आरोप
नेपाली कांग्रसका सांसद प्रदीप पौडेलले, कानूनमन्त्रीले प्रस्तुत गरेको विधेयक व्यक्ति र दलको स्वार्थसँग जोडिएको आरोप लगाएका छन् ।
कुर्सी टिकाउनको लागि मात्र भ्रष्टाचारको फाईलहरु खोलीएको होईन्ः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारको फाईलहरु कुर्सी टिकाउनको लागि मात्र नखोलेको भन्दै भ्रष्टाचारीलाई कारबाही गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन् ।
युवा शक्तिलाई स्वदेशमा टिकाई राख्न आवश्कय छः अध्यक्ष श्रेष्ठ
नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवा शक्तिलाई स्वदेशमा टिकाई राख्नु आवश्यक भएको बताएकी छिन् ।
एकनाथको चासो, गंगामायाले न्याय कहिले पाउँछिन् ? प्रधानमन्त्रीको जवाफ, उनको सेवा सरकारले गरिरहेको छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन घटनाका पीडितले चाँडै न्याय पाउने बताएका छन् ।
सांसद सुवालको प्रश्नः के यो निर्वाचित राजतज्त्र हो ?
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास, सुन प्रकरणमा संलग्न मन्त्री प्रधानमन्त्रीलाई किन कारबाही भएन ? भन्दै प्रश्न गरेका छन् ।
सांसद सिंहको प्रश्नः गणतन्त्रमा, नेतातन्त्र कसरी भयो ?
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गणतन्त्रमा नेतातन्त्र कसरी भयो भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीको जवाफमा कुनै सकरात्मक सन्देश र ठोस प्रतिवद्धता आएनः सांसद गैरे
नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्रीको जवाफमा कुनै सकारात्मक सन्देश र ठोस प्रतिवद्धता नभएको टिप्पणी गरेका छन् ।