ओलीको प्रश्न;सुन तस्करीमा संलग्नता नभए किन तर्सियो सरकार ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले संसद अवरोध नगरेको प्रस्टिकरण दिएका छन् ।
कांग्रेसको महिला संघको विवाद के हो ?
नेपाली कांग्रेसको महिला संगठन नेपाल महिला संघका १२ जना जिल्ला अध्यक्ष हटाएपछि विवाद बढेको छ ।
प्रतिकुल मौसमले एयर इण्डिया बनारस डाइभर्ट, दुई चिनियाँ जहाजको उडान रद्द
काठमाडौं आउने रुटको मौसम खराबीका कारण नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इण्डियाको जहाज बनारस डाइभर्ट गरिएको छ ।
बर्दियामा अति भारी वर्षा, रम्भापुरमा २२६ मिलिमिटर वर्षा मापन
बर्दियामा अति भारी वर्षा भएको छ ।
तीन विमानस्थलमा उडान प्रभावित
प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ ।
बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल
भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् ।
हेटौँडा–काठमाडौँ छोटो दुरीका सबै सडक अवरुद्ध
हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।
ओलीका दुई छोरीहरु बालकोट पुगेपछि
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार दुई बालिकासँग रमाइरहेको तस्बिर सार्वजनिक गरे । त्यसमा ओलीले लेखे–शनिबार स्कूल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन्। आज पनि आएका थिए। बालाई भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए। तर मेरो फूर्सद मिलेन ।’सो क्रममा घरमा रहेको आमासँग भिडियो कल गराएको ओलीले उल्लेख गरेका छन् । ‘उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो । केही समय यिनीहरुसँग कुरा गरेर बिताएँ। राम्रोसँग पढ्छु भनेका छन्,’ ओलीको भनाइ छ ।ओलीले अर्को महिनामा लुगा किन्न जाने कुरो भएको उल्लेख गर्दै उनीहरु खुशी भएको बताएका छन् । ओलीले उनीहरुको शिक्षाका लागि भिभावकत्व लिएका छन् । २०७५ सालमा रारा पर्यटन वर्षको कार्यक्रममा सहभागी जाँदा ओली र उनकी पत्नी राधिका शाक्यले ठिन्ले र छिरिङको अभिभावकत्व ग्रहण गरेका थिए ।केहीसमय उनीहरु त्यही पढेपनि विद्यालय अनियमित भएपछि ओलीले राजधानी ल्याएर पढाउँदै आएका छन् । काठमाडौँको एक आवासीय विद्यालयमा उनीहरुलाई पठनपाठनको व्यवस्था मिलाइएको बताइएको छ ।
लुम्बिनीका मन्त्रीले भने ; ल्हारक्यालको नियुक्ति रद्द हुनुपर्छ, मन्त्री किरातीले माफी माग्नुपर्छ
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सिके) गुप्ताले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको नियुक्त रद्द गर्नुपर्ने बताएका छन् ।
पोलिसी ह्याकथनका लागि कांग्रेसले माग्यो अवधारणापत्र
नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दुईवटा विषयमा नीतिगत प्रतिस्पर्धा अर्थात् पोलिसी ह्याकथन कार्यक्रम आयोजना गरेको छ ।