रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता
टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
पक्राउ परेका २७ जना नेता कार्यकर्तालाई स्थानीय प्रशासनले मुद्दा चलाउने
गत जेठ १४ गते पक्राउ परेका २७ जना नेता कार्यकर्तालाई स्थानीय प्रशासनले मुद्दा चलाउने तयारी गरेको छ ।
सन्दीप लामिछानेको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन
स्वतन्त्र युवाहरूले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार ढुंगानालाई प्रदान
गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’मा पत्रकार नारायण ढुंगानालाई २५ हजार राशीको राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
धादिङको बेनीघाट–२ मा भिरबाट लडेर आमाछोराको मृत्यु
धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–२ मासखर्कको जाउला थाइमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ।
बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखरमा बझाङी चेली
साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुनुहुन्छ ।
८ विमानस्थल स्तरोन्नति गरिने, दूर्गममा उडाउनेलाई सहुलियत
१५ जेठ, काठमाडौं। सरकारले ८ वटा विमानस्थलको स्तरोन्नति गर्ने घोषणा गरेको छ ।आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने बताए ।रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने उनको घोषणा छ।दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारले घोषणा गरेको छ ।
सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने
१५ जेठ, काठमाडौं । सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको छ । २०२३ मा १० लाख पुर्याउने घोषणा समेत आगामी आर्थिक वर्षको बजेटले गरेको छ । अन्तर प्रदेश हवाइ सेवालाई प्राथमिकता दिने अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए । ‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान यस वर्ष चलाइने भएको छ । जनकपुर, स्वर्णद्वारी, मुक्तिनाथलाई समेटेर सर्किट निर्माण गरिने भएको छ । पर्यटनमा २ अर्ब १३ करोड बजेट विनियोजन भएको छ ।ताप्लेजुङदेखि ग्रेट हिमालयन ट्रेल निर्माणलाई तिब्रता दिने उनले बताए । पोखरा–मुस्ताङ पदमार्ग निर्माणलाई तिब्रता दिइने उनले बताए । पर्यटकीय पदमार्ग निर्माण गरिने भन्दै उनले पशुपति गुरुयोजना, लुम्बिनी गुरुयोजनाको काम गर्ने समेत बताए ।
अनावश्यक क्षेत्रमा हुने खर्च कटौती गर्ने
सरकारले आउँदो आर्थिक वर्षमा अनावश्यक क्षेत्रमा हुने खर्च कटौती गर्ने भएको छ ।