श्रमजीवी पत्रकारको न्यूनतम तलब ४० प्रतिशत बढाउन सिफारिस
न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार एक सय २५ रुपैयाँ बनाउन सरकारसमक्ष सिफारिस गरेको छ ।
जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे ‘जनमत संकलन’ गर्ने
जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे ‘जनमत संकलन’ गर्ने भएको छ ।
मुसा बाहिर निकालेर जहाज काठमाण्डौं ल्याइयो
बुद्ध एअरले जहाजमा रहेको मुसा बाहिर निकालेर जहाज काठमाण्डौ ल्याएको छ ।
विशाल नेपाल महा–अभियानको तेश्रो बैठक सम्पन्न
विशाल नेपाल महा–अभियानको तेश्रो बैठक शनिवार काठमाडौमा सम्पन्न भएको छ ।
नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् ।
दुवै खुट्टा गुमाएका हरिबहादुर बुढामगरले गरे सगरमाथाको सफल आरोहण
दुवै खुट्टा गुमाए पनि सगरमाथाको सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग संसदमा उठेको छ ।
लामिछानेको मुद्दा अझै किनारा लाग्न सकेन, अन्तिम सुनुवाइको पेशी आज
नेपाली क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा आइतबार पनि अन्तिम सुनुवाइको पेशी तोकिएको छ ।
बालेनको निर्देशनः लक्षित वर्गको निःशुल्क उपचार गर्नुस्
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपलब्ध गराएको सेवाको सूचना प्रत्येक महिनाको १० गतेभित्र टाँस्न अस्पतालहरूलाई निर्देशन दिएका छन्। आइतबार आफ्नै फेसबुक पेजमार्फत सूचना जारी गर्दै मेयर शाहले उक्त कार्य नगरेको पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारबाही हुने चेतावनी दिएका हुन् ।स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ ले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैय्याको दस प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था लागू नभएको पाइएको उनको भनाइ छ ।मेयर शाहले अस्पतालहरूले प्रचलित कानुन–मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पनि निर्देशन दिए ।स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँचयोग्य बनाउन उनको निर्देशन छ ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा जेठ २६ गते गर्ने
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही जेठ २६ गते गर्ने भएको छ ।
कोशी र गण्डकी प्रदेशका केहि स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।