प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज सम्बोधन गर्नुहुने
काठमाडौँ । आज अपराहन्न १ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने उहाँको सचिवालयले जानकारी दिएको छ ।यसैबीच प्रतिनिधि सभाको बैठक बस्ने बारे भने अझै अन्योल रहेको छ । हिंसा शब्द बारे माओवादी केन्द्रले संसद्को बैठक अवरोध गरिरहेकाले आइतबारको बैठक बस्दै नबसी स्थगित भएको थियो । गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ुहिंसाु शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ ।
नेकपा एमाले सचिवालय बैठक बस्दै
नेकपा एमाले सचिवालय बैठक बस्दै,स्वर्गीय नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने सम्बन्धमा छलफल हुने बताइएको छकाठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ तय भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण, संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।
ललितपुरमा सामूहिक बलात्कारको प्रयास, ३ जनाविरुद्ध जाहेरी दर्ता, आरोपितहरु अझै परेनन् पक्राउ
काठमाडौं । ललितपुरको सानेपामा एक महिलामाथि सामूहिक बलात्कारको प्रयास भएको छ । बलात्कार प्रयास गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता समेत भएको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती नदीमा पहिरो, सतर्क रहन आग्रह
मेलम्ची । सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ तिपेनीमा गएको सुख्खा पहिरोका कारण इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ। नदी आंशिक रुपमा थुनिँदा मेलम्ची, तिपेनी लगायत तटीय क्षेत्रका नागरिकहरू त्रसित भएका छन् ।
आईटी आर्मी देश र जनताको पक्षमा काम गर्ने वास्तविक सिपाही हो–प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय सिण्डीकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गरेका छन् । एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेट तोड्न अब आईटी आर्मी अगाडी आउँनुपर्ने निर्देशन समेत उनले दिए । आजपा निकटको आईटी आर्मीको काठमाडौं उपत्यका भेलाको तयारी बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष साहले जनताको शासन स्थापित गर्न र लोकतन्त्र जोगाउँनका लागि आईटी आर्मी फ्रन्टलाईनमा आउँनुपर्ने आवश्यक रहेको बताए । दलीय सिण्डीकेट तोड्नका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको कुरा समेत उनले जिकिर गरेका छन् । ‘एक त देशमा लोकतन्त्र नै छैन् । लोकतन्त्र देखाउँने दाँत मात्रै छ । दलतन्त्र रहेको अवस्थामा यो एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेटले अब लोकतन्त्रसंगै दलतन्त्र समेत खतरामा परेको छ । यसले मुलुकमा थप संकटको संकेत गरेको छ’ आजपा अध्यक्ष साहले भने, ‘लोकतन्त्रको रक्षाका लागि अहिले आईटी आर्मीको महत्वपूर्ण भुमिकाको आवश्यक्ता परेको छ । यस्तो अवस्थामा आईटी आर्मी फ्रन्टलाईनमा आएर प्रतिकार गर्नुपर्छ । जस्तालाई त्यस्तै जवाफ दिनुपर्छ ।’ लोकतन्त्र बचाउँनका लागि कांग्रेस र एमालेसंग जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने समेत उनले बताए । आम निर्वाचनमा छुटाछुटै गठबन्धनबाट सहभागि भएका कांग्रेस र एमालेले जनतासंग भोट माग्ने बेलामा एउटा प्रतिबद्धता गरेको तर उनीहरु आफ्नै प्रतिबद्धता विपरित सत्तास्वार्थमा डुबेकाले जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने उनले बताए ।‘के भोट माग्ने बेलामा एमालेले कांग्रेसको नेतृत्वमा सरकार बनाउँछौ भन्या थियो ? के कांग्रेसले एमालेको नेतृत्वमा सरकार बनाउँछु भन्या थियो ? तर आज के भईरहेको छ, संघदेखी प्रदेशसम्म उनीहरुले आफ्नै प्रतिबद्धता विपरिति काम गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुले जनताको भोट फिर्ता गर्नुपर्दैन् ?’ साहले प्रश्न गरे । अहिलेको लुटकारी व्यवस्थाले जनता निराश, आजित भएको बताउँदै उनले आम जनताको शासन स्थापित गर्नका लागि आईटी आर्मी लाग्नुपर्ने बताए । कांग्रेस र एमालेको गठबन्धनले भ्रष्टाचारीलाई संरक्षण गर्दै मुलुकलाई लुटने काममा लागेको आरोप उनले लगाए । बिभिन्न ठुल्ला भ्रष्टाचारका काण्डमा कांग्रेस र एमालेकै शीर्ष नेताहरुको संलग्नता रहेको बताउँदै त्यस्तालाई कारवाही नगरिएसम्म मुलुक नबन्ने उनले बताए । भ्रष्टाचारीलाई कारवाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी, प्रशासन सहितका निकाय उही भ्रष्टाचाारीहरुले नियुक्त गर्ने कारिन्दा भएको बताउँदै त्यस्ताले भ्रष्टाचारीलाई कारवाही नगरेकाले अब आम जनताले भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही कारवाही गर्नुपर्ने बताए । ‘तपाई हामी सबैलाई थाहा छ । ठुलठुल्ला भ्रष्टाचारका काण्डमा उही कांग्रेस, एमाले सहितका दलका नेताहरुको संलग्नता रहेको देखिन्छ । तर उहीहरु कारवाहीमा पर्दैन् । मिलेरै देश लुटेका छन् । नेपालमा लुटेर विदेशमा जम्मा गरेका छन्’ साहले भने, ‘भ्रष्टाचारीलाई कारवाही गर्ने निकायमा उनीहरुले नै नियुक्त गरेका कारिन्दाहरु छन् । जबसम्म यस्ता भ्रष्टाचारीलाई कारवाही हुदैन्, तबसम्म मुलुक बन्दैबन्दैन् । त्यसैले भ्रष्टाचारीलाई तपाईले जहाँ देख्नुहुन्छ, त्यही कारवाही गर्नुस् । किनभने आईटी आर्मी देश र जनताको पक्षमा काम गर्ने वास्तविक सिपाही हो ।’नेपालमा भ्रष्ट एवं भगौडा वर्गलाई पक्षपोषण गर्ने लुटकारी दलाल दलतन्त्रले आम जनतामा चरम निराशा, आक्रोशको स्थिति रहेकाले यसलाई बदल्न तथा मुलुकलाई बर्बाद हुनबाट जोगाउँन दलिय सिण्डीकेटका बिरुद्ध अग्रमोर्चामा लडने कार्यभार आईटी आर्मीको काँधमा आएकाले यसलाई जिम्मेवारी बोधका साथ पाल्ना गर्ने प्रतिबद्धता आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले व्यक्त गरेका छन् । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बसेको बैठकमा आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापा, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, महासचिव त्रिभुवन साह, उपमहासचिव धनकुमारी मगर, आईटी आर्मीका नेताहरु प्रशान्त तिमिल्सिना, पप्पु साह, टाईसन लामा, आर्या पाण्डे लगायतको विशेष सहभागिता रहेको थियो ।
रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष जुवा खालबाट पक्राउ
काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् ।
टुङगीयो बागमती प्रदेशको भागबण्डा कांग्रेस–एमालेले मुख्यमन्त्री बाहेक ६–६ मन्त्रालय पाउने
मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय भागबन्डाको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति जुटेको छ । प्रदेशको १३ मन्त्रालय मध्ये कांग्रेसले मुख्यमन्त्री सहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति बनेको हो ।
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् ।
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका छन् ।
बन्ने भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, १२ वटा कम्पनीहरूले हाले टेण्डर
चितवन । चितवनको भरतपुरमा धुर्मुस सुन्तलि फाउन्डेसनले निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बजेट अभावले निर्माण अलपत्र बनेपछि भरतपुर महानगरपालिकाले जिम्मा लिएको थियो ।