नेपालको स्वास्थ्य प्रणाली सुधारका निमित्त विश्व बैंकबाट १० करोड अमेरिकी डलर सहयोग
विश्व बैंकले गुणस्तरीय स्वास्थ्य प्रणालीका निमित्त नेपाललाई १० करोड अमेरिकी डलर सहयोग गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले आज नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग स्वीकृत गरेको हो ।
फेसबुके पार्टीले हामीलाई चुनौती थपेका छन् : इश्वरी न्यौपाने
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य इश्वरी न्यौपानेले नयाँ दलहरुलाई फेसबुके पार्टीको रुपमा टिप्पणी गरेकी छन्। हामीलाई फेसबुके पार्टीले चुनौती दिएको हुँदा अब जनताको समस्या बोल्नुपर्ने भन्दै केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राखिन् ।
वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउने
नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ । राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो । ‘सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘सरकारको सिफारिसमा बजारमा सुनको आपूीर्त सहज बनाउन यस्तो निर्णय गरिएको हो ।’
शिक्षक संगठनको प्रदर्शनसंगै काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त
शिक्षक संगठनको प्रदर्शनसंगै काठमाडौंको ट्राफिक व्यवस्था तीन दिनदेखि अस्तव्यस्त भएको छ । शिक्षा विधेयकको विरोधमा काठमाडौंमा शिक्षकहरूले प्रदर्शन गरेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । देश भरबाट आएका शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रर्दशन गर्दै आएका छन् ।
क्यानको अध्यक्ष पदमा बर्दियाका विनय राजभण्डारीको उमेदवारी
नेपाल क्रिकेट संघ (क्यान) को भावि अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध नहुने निश्चित भएको छ । चुनावको पूर्वसन्ध्यामा बर्दियाका विनय राजभण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
आखिर कहिलेसम्म छोरीहरु मर्नुपर्ने ?
आखिर कहिलेसम्म हो छोरीहरु मर्नुपर्ने <, यदि पेटमा छोरी भएकोे खबर पाए पेटैमै मारिदिने, ल यदि हुर्किआल्यो भनेपनि चिल, गिद्घ, ब्वासाहरुको सिकार भएर मर्नु पर्ने, त्याहासम्म मात्रै काहाँ हो र हुर्किएर बिबाह गरी पराई घर पुगेपनि दाईजोको नाममा मर्न पर्ने, आखिर किन < किन हरेक क्षेत्रमा छोरीकै ज्यानको लिनुपर्ने अनि कहिले सम्म < के हाम्रो समाजमा छोरी हुनु र छोरी भएर जन्मिनु श्राप हो < यदि छोरी श्राप हो भने आजबाट मन्दिर धाउन छोडिदिनुस, छोडिदिनु दुर्गा, लक्ष्मि, सरस्वती, महाकाली भनेर नाम जप्दै पुँजा गर्न, मनभरी पाप र इष्र्या बोकेर अरु सामु असल भएको नाटक गर्न लाज लाग्दैन, अत्याचारको पनि एउटा सिमा हुन्छ नि < भयो अबदेखि आफ्नै आमालाई पनि आमा भन्न छोडिदिनुस ।
शिक्षक आन्दोलनले आज पनि माइतीघर-बानेश्वर क्षेत्र अस्तव्यस्त
काठमाडौं । शिक्षकहरूको दोस्रो दिनको आन्दोलन सुरू भएको छ । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् । काठमाडौं महानगरका सामुदायिक विद्यालयका शिक्षक पनि विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका छन् ।
संविधान दिवसमा सातजना कैदीबन्दी रिहा
डडेल्धुरा जिल्ला कारागारबाट सातजना कैदीबन्दी रिहा भएका छन् । संविधान दिवसको अवसर पारेर उनीहरूलाई रिहा गरिएको जिल्ला कारागार डडेल्धुराका कारागार प्रमुख जितेन्द्र ओझाले जानकारी दिए । उनका अनुसार असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका सातजना कैदीबन्दीलाई रिहा गरिएको हो ।
संविधान दिवसको अवसर पारेर काठमाडौंमा द्रुत बस सेवाको उद्घाटन
सरकारले काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।
साफ यू–१९ फुटबलको तयारी पूरा, नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स
पाँचौँ संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने भएको छ।