नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी तीब्र, अध्यक्षका लागि पाँचजनाको नाम चर्चामा
नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको तीब्र तयारीसँगै भावी नेतृत्वको दाबेदारी दिनेहरुको हउडबाजी चलिरहेको छ । असोज १०-११ मा प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुन गइरहेको अधिवेशनका लागि ६ सय प्रतिनिधि छनोट भएका छन् ।
चिनिया प्रधानमन्त्रीसंग द्विपक्षीय भेटवार्ता जारी
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता भएको छ । स्थानीय समय अनुसार बिहान ११ बजे ग्रेट हल अफ द पिपुलमा भेटवार्टा भएको हो ।
सुन तस्करी अनुसन्धानबारे सत्तारुढ र विपक्षी दलहरुबीच विवादः सीआईबीको अनुसन्धानलाई मान्यता दिने कि नदिने ?
सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे भएको भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले गरेको अनुसन्धानलाई मान्यता दिएर अध्ययन गर्ने कि सुन तस्करीको आफैं अनुसन्धान गर्ने भन्नेमा सत्तारुढ र विपक्षी दलहरुबीच विवाद छ ।
नेपालको आर्थिक अवस्था, युवा विदेश पलायन र जनतामा देखिएको निराशा : कांग्रेसको ठूलो बहस
समसामयिक राजनीतिक घटनाक्रमबारे गरमागरम बहस हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हिजोआज फरक विषयमाथि केन्द्रित हुन थालेको छ। मुलुकको आर्थिक अवस्था खस्केको, युवा विदेश पलायन भएको र जनतामा निराशा देखिएको विषयमाथि गत असोज ४ गतेदेखि जारी केन्द्रीय समितिमा नेताहरूले धारणा राखिरहेका छन्।
राज्य व्यवस्था समितिसामू गृहमन्त्रीको आक्रोश
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाएका छन् । अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न समितिको बैठक आइतबार बिहान बोलाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्तुत गरेको विधेयकमाथिको छलफलमा आफू असम्बन्धित भए पनि समितिले आउनै पर्ने भनेकोमा उनले असन्तुष्टि जनाए ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन, केन्द्रीय समितिको सातौं राष्ट्रिय परिषद वैठक चितवनमा हुने, प्रभातफेरी कार्यक्रम हुदै
चितवन । नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन, केन्द्रीय समितिको सातौं राष्ट्रिय परिषद वैठक चितवनको कटेरो पार्टी प्यालेसमा आज हुदैछ ।
विद्यालय शिक्षा विधेयक संशोधन र परिमार्जन गर्न पहल गर्ने: नेपाली कांग्रेस
नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको हो । बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव सुनाउँदै विद्यालय शिक्षा विधेयकबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।
६९ वर्षीय महिलाको हत्याको आरोपमा दुई जना पक्राउ
उत्तरी गोरखाको मान्बुमा एक महिलाको हत्यामा दुईजना आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा आरुघाट गाउँपालिका – १ श्यामचेत बस्ने ३१ वर्षीय कर्मा छिरिङ लामा र १८ वर्षीय सुपराज लामा (साने) पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।
काभ्रेमा डलर साटिदिने भन्दै ठगी गर्ने पक्राउ
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका-२ का ४० वर्षीय सोकबहादुर तामाङ पक्राउ पर्का छन् । डलर साटिदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
विमानस्थल वरपर चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ । चङ्गा, ड्रोन, बेलुन, लेजर लाइटले उडान सुरक्षामा पार्ने जोखिमतर्फ ध्यान दिएर यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सूचनामार्फत जानकारी गराएको हो ।