बागमती प्रदेशसभामा प्रतिपक्षी दलको अवरोध, बैठक स्थगित
हेटौँडा । प्रतिपक्ष दलले बागमती प्रदेशसभा बैठकमा अवरोध गरेका छन् । बजेट पुनः लेखनको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेका हुन् ।
चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका– २, थुम्कीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
न्युरोडमा फुटपाथ विस्तार विरोधमा स्थानीयको प्रदर्शन
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड (नयाँ सडक) क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्द
चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेको जनाएको हो ।
मकवानपुरका स्थानीय तहको ३१ करोड ७४ लाख अनुदान कटौती, योजना कार्यान्वयनमा कठिन
हेटौंडा । चालु आर्थिक वर्ष २०८०/८१ का लागि मकवानपुरका स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदान भारी कटौती भएको छ ।
भरतपुर महानगरमा राष्ट्रिय परिचयपत्र वितरण हुँदै
भरतपुर । भरतपुर महानगरपालिकामा आज मंगलबारदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । महानगरका एक नम्बरदेखि १२ नं वडामा एकसाथ राष्ट्रिय परिचयपत्र वितरण हुनेछ ।
ललितपुर गोदवारी नगरपालिकामा डढेलो निभाउने क्रममा दुईजना घाइते, एकको अवस्था गम्भीर
ललितपुर । ललितपुरको गोदवारी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरूमा शङ्कर पहरी र रमेश पहरी रहेका छन् ।
बागमती बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन गर्दै
मकवानपुर । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले वैशाख २८ देखि ३० गतेसम्म युवा सम्मेलन गर्ने तयारी गरेको हो ।
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी, गाउँपालिका र विद्यालयले गरे सम्मान
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारको रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीले चार पाङ्ग्रे विद्युतीय गाडी बनाएका छन् ।
कुलेखानी-दक्षिणकाली सडक बन्द
हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकमा आइतबारदेखि अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ । सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो ।