हेटौंडाबाट एमालेको जुलुस सुरु, किन लगाए यस्ता नारा ?
मकवानपुर । हेटौंडामा एमालेको जुलुस, लागिरहेको थियो, अनेमासंघको महिलाहरुले यस्ता नाराहरु लेखेका प्लेकार्ड बोकेर हिंडिरहेका थिए, जसमा लेखेका छन्, महिलालाई घरेलु साधन नठान, महिला हिंसा बन्द गर, भन्ने नाराहरु लागिरहेको थिए, १६ दिने अभियानमा महिलाहरुले महिला हिंसा विरुद्धको अभियान सुरु गर्ने जनाएका छन् ।
बल्खु झडपमा केही प्रदर्शनकारी घाइते
काठमाडौँ । राजधानीको बल्खुमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरी र दुर्गा प्रसाईंका कार्यकर्ताबिच बल्खुमा पुन : झडप
काठमाडौँ । राजधानीको बल्खुमा पटक पटक दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । दुर्गा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।
मृत फेला सोना सिवाकोटी, दोलखा कि हुन ।
काठमाडौं – द क्लिफ साईट रिसोर्ट धादिङ्गमा दोलखा कि २५ वर्षिय सोना सिवाकोटी मृत अवस्थामा फेला परेकि थिईन, उनको घर दोलखाको कालिन्चोक गाउँपालिका ८ हो । सोना रिसोर्टमा भुवन श्रेष्ठ नामका साथी सँग गएको कुरा अनुसन्धानले खुलेको छ । भुवन श्रेष्ठलाई ज्यान सम्बन्धी कसुरमा म्यद थप गरि अनुसन्धान सुरु भैरहेको श्रोतले जनाएको छ । असोज २ गते सोनालाई मृत अबस्थामा फेला पारेपछि अनुसन्धान सुरु भएको थियो, अनुसन्धानले भुवन श्रेष्ठ सँग ६ महिना देखि सम्बन्धमा रहेको र सो दिन पनि सोना र भुवन रिसोर्टमा बसेको समेत खुलेको थियो ।धादिङ्गको गजुरीमा डान्स सिकाउने भुवन सँग सोना नजिक भएपछि, उनिहरु बिच प्रेम सम्बन्ध भएको शंका गर्न सकिन्छ, सोना उनै भुवनसँग डान्स सिकिरहेकी थिईन,उनको हत्या हो वा आत्माहत्या त्यो अनुसन्धानले खुलाउने छ, तर घटना पछि पोष्टमार्टम रिपोर्टमा भने सोनाले झुण्डिएर आत्महत्या गरेको कुरा उल्लेख छ । समाजमा मानसिक स्थास्थ् यबारे थप शिक्षा दिन जरुरी देखिन्छ, आवेग र हतारमा आजभोली मानिसहरुले अप्रिय निर्णय लिने गरेका तथ्य बढेका छन् , यसलाई रोक्न स्थानिय तह देखि नै एड्भोकेसी गर्न जरुरी देखिन्छ । बिएमएन न्यूज, काठमाडौं ।
‘दराज दशैं धमाका’ अफरः ७० प्रतिशत सम्मको छुट, एक लाख बराबरको सपिङ्ग भौचर जित्ने मौका
आउँदै गरेको बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दशैं धमाका’ अफर सार्वजनिक गरेको छ । ‘दराज दशैं धमाका’ अन्तर्गत ग्राहकले छुटका साथै विभिन्न उपहार, भउचर प्रप्त गर्न तथा डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा पाउनेछन् ।
राष्ट्रिय क्रिकेट टिम नेपाल फर्कियो, एयरपोर्टमा ब्याण्ड बाजासहित स्वागत
१९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
बझाङ भूकम्पले स्थानिय त्रसित, ठाउँठाउँमा घर भत्किए
बझाङमा मंगलबार गएको भूकम्पले स्थानिय त्रसित बनेका छन् । बझाङ सदरमुकाम चैनपुरका कैयन पक्कीघरहरु चर्किएका छन् । स्थानीयका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ । भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ ।
भारतको एक सरकारी अस्पतालमा २४ घण्टामा २४ जनाको मृत्यु, औषधि अभाव भएको आरोप
भारतको महाराष्ट्रको नान्देडस्थित एक सरकारी अस्पतालमा २४ घण्टाको अवधिमा १२ नवजात शिशुसहित २४ जनाको मृत्यु भएको छ। एकै यति ठूलो संख्यामा बिरामीको मृत्यु भएपछि अस्पतालप्रति स्थानीयले आशंका व्यक्त गरेका छन्।
न्युरोडमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या
काठमाडौं न्युरोडमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । गएराति ११ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको हो ।
न्युजक्लिकमा आबद्ध पत्रकारको घरमा दिल्ली प्रहरीको छापा
समाचार वेबसाइट न्युजक्लिकसँग जोडिएका पत्रकारहरूको घरमा मंगलबार बिहान दिल्ली प्रहरीले छापा मारेको छ । प्रहरीले केही पत्रकारको ल्यापटप तथा मोबाइललाई नियन्त्रणमा लिएको छ । मिडिया रिपोर्टका अनुसार दर्जनौं पत्रकारको घर र कार्यालयहरूमा प्रहरीले छापा मारेको हो ।