लिभरपुल होइन चेल्सी जाने भए काइसेडो
लण्डन क्लब चेल्सीले ब्राइटनका मिडफिल्डर मोइसेस काइसेडोलाई बेलायती कीर्तिमानी रकममा अनुबन्ध गर्ने भएको छ ।
डुरान्ड कप स् आर्मीले चेन्नाइयीन एफसीसँग खेल्दै
नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी एफसीले डुरान्ड कपको दोस्रो खेलमा आज आइएसएल क्लब चेन्नाइयीनसँग खेल्दैछ ।
ललितपुर क्रिकेट संघको अध्यक्षमा शेखर श्रेष्ठ
ललितपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा शेखर श्रेष्ठ निर्वाचित भएका भएका छन् ।
चेल्सी र लिभरपुलको बराबरी
प्रिमियर लिगमा चेल्सी र लिभरपुलले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
इन्डिजविरुद्धको शृंखला हारेपछि भारतीय प्रशिक्षक भन्छन्;‘तीन खेलाडीबाट प्रभावित भएँ’
भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक राहुल द्रविडले वेस्ट इन्डिजविरुद्धको टीट्वान्टी शृंखलामा आफ्नो टोली पराजित भए पनि तीन खेलाडीको प्रदर्शनबाट आफू प्रभावित भएको बताएका छन् ।
प्रशिक्षणमा फर्किए एम्बाप्पे
काठमाडौं- फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीका) फरवार्ड केलियन एम्बाप्पे टिमको प्रशिक्षणमा फर्किएका छन् ।पीएसजी छाडेर रियल मड्रिड जाने योजना बनाएपछि उनी प्रशिक्षणमा देखिएका थिएनन् । २४ वर्षीय प्रेन्च फरवार्ड शनिवार लोरिएन्स विरुद्ध गोलरहित बराबरी भएको खेलमा टिममा थिएनन् ।तर प्रशिक्षणमा पर्केपछि उनले पीएसजीमा नै सम्झौता नवीकरण गर्ने आकलन गर्न थालिएको छ ।पीएसजीले ‘धेरै रचनात्मक र सकारात्मक’ वार्तापछि एम्बाप्पेलाई पुनर्बहाली गरेको बताएको छ ।‘पेरिस सेन्ट जर्मेन र केलियन एम्बाप्पे बीच धेरै रचनात्मक र सकारात्मक छलफलपछि, खेलाडीलाई आज बिहान पहिलो टोलीमा प्रशिक्षणमा समावेश गरिएको छ,’ पीएसजीले आइतबार भनेको छ ।फ्रान्सको राष्ट्रिय टिमको कप्तान समेत रहेका एम्बाप्पेले ओसमान डेम्बेलेसँगै स्ट्यान्डमा बसेर शनिबार पीएसजीको खेल हेरेका थिए ।पीएसजीमा एम्बाप्पेको सम्झौता एक वर्ष बाँकी छ र उनले सम्झौता थप गर्न अस्वीकार गर्दै आएका छन् ।गत महिना पीएसजीले साउदी अरेबियन क्लब अल हिलाललाई एम्बाप्पेलाई अनुबन्ध गरेबारे छलफल गर्न अनुमति दिएको थियो ।अल हिलालले एम्बाप्पेका लागि कीर्तिमानी २५ करोड ९० लाख पाउण्ड प्रस्ताव गर्ने चर्चा थियो ।पीएसजीका अध्यक्ष अल खेलाइपीले एम्बाप्पेलाई कुनै पनि हालतमा फ्रि मा नछाड्ने अडान लिएका थिए ।तर पछिल्लो छलफलपछि एम्बाप्पेले एक वर्षको सम्झौता नवीकरणमा हस्ताक्षर गर्ने अपेक्षा छ । त्यसो भएमा एम्बाप्पेको सम्झौता २०२५ सम्म हुनेछ र पीएसजीले अर्को सिजनमा एम्बाप्पेलाई रियलमा बेच्न सक्नेछ ।सन् २०१७ मा मोनाकोबाट पीएसजी पुगेका एम्बाप्पेले पीएसजीका लागि २६० खेल खेल्दै क्बल कीर्तिमानी २१२ गोल गरेका छन् ।
खेलकुद परिषद्का कर्मचारीको हातमा कालोपट्टी
लामो समयदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै आन्दोलनमा रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीहरुले आइतबार हातमा कालो पट्टी बाँधेर सांकेतिक विरोध गरेका छन् ।
भलिबलको ईन्डोर हल बनाउन न्यू डायमन्डलाई आर्थिक सहयोग
पर्वत क्लब हङ्कङले न्यू डायमण्ड युथ स्पोर्टस क्लबको निर्माणाधिन ईन्डोर हलका लागि आर्थिक सहयोग गरेको छ ।
वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा आयुष कुँवरले भाग लिने
नेपाली स्प्रिन्टर आयुष कुँवरले हंगेरीको बुढापेष्टमा हुने वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा भाग लिने भएका छन् ।
प्रशिक्षक जाभी र राफिन्हालाई रेड कार्ड, बार्सिलोना गेटाफेसँग रोकियो
स्पानिस ला लिगाको साविक विजेता बार्सिलोना नयाँ सिजनको पहिलो खेलमा गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ ।