![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
८ लाख मूल्य बराबरको विद्युतीय उपकरण बरामद
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट प्रहरीले करिब सात लाख ८० हजार रुपैयाँ बराबरको विद्युतीय उपकरण बरामद गरेको छ । यात्रुबाहक बसको डिकीमा लुकाउर ल्याउदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
विमानस्थल वरपर चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ । चङ्गा, ड्रोन, बेलुन, लेजर लाइटले उडान सुरक्षामा पार्ने जोखिमतर्फ ध्यान दिएर यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सूचनामार्फत जानकारी गराएको हो ।
नेपालको स्वास्थ्य प्रणाली सुधारका निमित्त विश्व बैंकबाट १० करोड अमेरिकी डलर सहयोग
विश्व बैंकले गुणस्तरीय स्वास्थ्य प्रणालीका निमित्त नेपाललाई १० करोड अमेरिकी डलर सहयोग गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले आज नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग स्वीकृत गरेको हो ।
भिरबाट लडेर एक जनाको मृत्यु
भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ रुम्जा टारका ४८ बर्शिय प्रलाद क्षेत्रिको मृत्यु भएको हो ।
फेसबुके पार्टीले हामीलाई चुनौती थपेका छन् : इश्वरी न्यौपाने
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य इश्वरी न्यौपानेले नयाँ दलहरुलाई फेसबुके पार्टीको रुपमा टिप्पणी गरेकी छन्। हामीलाई फेसबुके पार्टीले चुनौती दिएको हुँदा अब जनताको समस्या बोल्नुपर्ने भन्दै केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राखिन् ।
वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउने
नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ । राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो । ‘सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘सरकारको सिफारिसमा बजारमा सुनको आपूीर्त सहज बनाउन यस्तो निर्णय गरिएको हो ।’
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कावा प्रधानमन्त्रीको निर्देशन
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् ।
ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीनजना पक्राउ
संखुवासभा जिल्लाको पाँचखपनमा प्रहरीमाथि हातपात गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।
शिक्षक संगठनको प्रदर्शनसंगै काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त
शिक्षक संगठनको प्रदर्शनसंगै काठमाडौंको ट्राफिक व्यवस्था तीन दिनदेखि अस्तव्यस्त भएको छ । शिक्षा विधेयकको विरोधमा काठमाडौंमा शिक्षकहरूले प्रदर्शन गरेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । देश भरबाट आएका शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रर्दशन गर्दै आएका छन् ।
१९ औँ एसियाली खेलकुदमा नेपाल : टेबलटेनिसको पुरुष टिम स्पर्धामा जापानसँग पराजित
चीनमा जारी १९औं एसियाली खेलकुदको टेबलटेनिसतर्फ पुरुष टिम स्पर्धामा शुक्रबार नेपाल पराजित भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)