प्रभु साह नेतृत्वको पार्टीले उदयचन्द्र प्रसादको नेतृत्वमा बुद्धिजीवी मोर्चा गठन
२७ असार, काठमाडौँ । आम जनता पार्टीले आम बुद्धिजीवी मोर्चा गठन गरेको छ । सो पार्टी निकट बुद्धिजीवीसहितको बैठकले उदयचन्द्र प्रसादको नेतृत्वमा बुद्धिजीवी मोर्चा गठन गरेको हो । सो पार्टीका अध्यक्ष प्रभु साहका अनुसार ६७ सदस्यीय मोर्चा गठन गरिएको हो । मोर्चाको सह इन्चार्जमा शिवचन्द्र साह, संयोजकहरूमा नवीन महतो, डा. दामोदर त्रिपाठी, डा. शम्भु दास र हशमुधिन अन्सारी रहेका छन् ।
ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका सहलेखापाल चावहिल बाट पक्राउ
२७ असार, काठमाडौं । प्रहरीले ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो । उनलाई काठमाडौंको चावहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले जानकारी दिए । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
रोल्पाका वडाध्यक्ष टंकबहादुर पुनको स्क्रब टाइफस संक्रमण कारण मृत्यु
२७ असार, दाङ । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं। ४ का वडाध्यक्ष टंकबहादुर पुनको स्क्रब टाइफस का कारण मृत्यु भएको छ। ४० वर्षीय वडाध्यक्ष पुनको उपचारका क्रममा बुधबार मध्याह्न साढे १२ बजेतिर दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जनक पुनले बताए। पुन असार २५ गते बिहान ११ बजे प्रतिष्ठानमा उपचारका लागि भर्ना हुन आएका थिए। सोही दिन बेलुका नै प्रतिष्ठानले पुनलाई घर पठाएको थियो। राति गाह्रो भएपछि पुन फेरि २६ गते बिहान ८ बजे प्रतिष्ठानमा भर्ना हुन आएका थिए।
१५ केजी चरेशसहित २ जना वीरगञ्जमा सशस्त्र प्रहरीको नियन्त्रणमा
२७ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाइकलसहित दुई जना व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझीलाई चरेस सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
कोशी सरकारविरुद्धको रिटमा आजै आदेश आउने गरी सुनुवाइ सकियो
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै दायर रिटमाथिको सुनुवाइ सकिएको छ ।
थपिए ७ लाख ७१ हजार ९९८ जनसङख्या, जनगणनामा त्रुटि भएको पुष्टि
राष्ट्रिय जनगणना २०७८ का दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको पुष्टि भएको छ ।
सीता दाहालको अन्तिम संस्कार आजै गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई पत्नीशाेक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।
मनाङ एयरको हेलिकप्टर दुर्घटना: ६ जनाकै भेटियो शव, काठमाडौं ल्याउने तयारी
सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
मनाङ एयरको हेलिकप्टर दुर्घटना अपडेट: ५ जनाको मृत्यु
मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ ।