नालामा बालक मृत फेला
नालामा बालक मृत फेला, मोहन भजनी नदीहरुमा डुबेर धेरै को ज्यान गएको अवस्ताकाठमाडौँ । कैलालीमा एक बालकको शव घर नजिकैको नालामा फेला परेको छ । टीकापुर नगरपालिका–६ का खुशीराम चौधरीका आठ वर्र्षीय छोरा आरबको शव नालामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बालक हिजोबाट बेपत्ता थिए । बालक साँझसम्म घर नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दा आज घर नजिकै नालामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । यसैगरी, मोहना नदीमा हिजो डुबेर बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१० का २५ वर्षीय विशाल राना अझै फेला पर्न सकेका छैन्न् । नदी तर्ने क्रममा राना डुबेको जनाइएको छ । नगर प्रहरीसहित सुरक्षाकर्मीको टोलीले हिजोदेखि रानाको खोजीकार्य जारी राखेको छ । बेपत्ता राना अहिलेसम्म नभेटिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो । यस्तै, भजनी नगरपालिका–८ गोडचौराका अन्दाजी ५५ वर्षीय जयराम डङ्गौराको पानीमा हिंड्ने क्रममा लडेर ज्यान गएको छ । पसलबाट घर फर्कने क्रममा पानीमा हिंडिरहेको बेला डङ्गौरा लडेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
नेकपा एमाले सचिवालय बैठक बस्दै
नेकपा एमाले सचिवालय बैठक बस्दै,स्वर्गीय नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने सम्बन्धमा छलफल हुने बताइएको छकाठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ तय भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण, संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।
बागलुङ जीप दुर्घटनामा गाउँपालिका उपाध्यक्षको शव फेला
बागलुङ जीप दुर्घटनामा गाउँपालिका उपाध्यक्षको शव फेला,दुई महिला र एक पुरुषको धटना स्थल्मै मृत्यु एक जना गम्भीर घाइतबागलुङबाट रुकुम पूर्व जाँदै गरेको जिप गलकोट नगरपालिका वडा नं. २ भुङखानीमा भएको दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढामगरको शव फेला परेको छ ।शुक्रबार बिहान पुथा उत्तरगंगा गाउँपालिकाको रा १ ज २०० नम्बर को पिकअप जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका थिए ।
बिर्तामोडको गिरीबन्धु टि स्टेट नजिकै प्रेसर कुकर बम बिस्फोट
बिर्तामोडको गिरीबन्धु टि स्टेट नजिकै प्रेसर कुकर बम बिस्फोट, उक्त बिस्फोट कसले किन र के उद्देश्यले गरयो भन्ने बारे प्रहरीले नखुलाएकोबिर्तामोडको स्यालडागीस्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शमशेर एण्ड गंगादेवी टि स्टेटको कम्पाउन्डको पर्खालबाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ।छत्रबाबु गिरीले सञ्चालन गर्दै आएको सो टिस्टेटको कम्पाउन्ड पर्खाल बाहिर माओवादी पूवी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ।स्थानीयले बम बिस्फोट भएको खबर प्रहरीलाई गरेका थिए। आज विहान ६ बजे घटनास्थल पुगेको प्रहरीले पर्चासहित बिस्फोट भएको कुकर बरामद गरेको छ।प्रहरीका अनुसार सो स्थानमा विस्फोट भएको जस्तो नदेखिएको, अन्यन्त्र कतै बिस्फोट गराई विस्फोटमा प्रयोग भएको सामानहरू ल्याई राखिएको जस्तो देखिएको छ। उक्त बिस्फोट कसले किन र के उद्देश्यले राखिएको हो भन्ने बारे प्रहरीले खुलाएको छैन, तर पर्चामा हेर्दा नेकपा माओवादी नामको शसस्त्र समूहले कब्जा गरेको भन्ने खुल्न आउँछ । उनिहरुले उक्त जग्गा सार्वजनिक भएको र केपी शर्मा ओलीले निजिकरण गर्न खोजेको आरोप लगाएका छन् । सो जग्गा तुरुन्तै फिर्ता गर्न समेत चेतवानी दिएका छन् ।
टीआरसी संशोधन विधेयक सच्चाउन माग गर्दै प्रदर्शन
काठमाडौँ । द्वन्द्व पीडित विभिन्न १९ वटा सङ्घ संस्थाले सङ्क्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयकमा रहेका कमजोरी सच्चाउन माग गर्दै प्रदर्शन गरेका छन् ।
सिधा कुराविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै
काठमाडौँ । सर्वोच्च अदालतले ‘सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा फैसला सुनाउने तयारी गरेको छ। यसअघि बहस सकेर सर्वोच्चले आज (भदौ ६ गते) का लागि निसु तोकेको थियो ।
सिन्धुपाल्चोकको इन्द्रावती नदीमा पहिरो, सतर्क रहन आग्रह
मेलम्ची । सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ तिपेनीमा गएको सुख्खा पहिरोका कारण इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ। नदी आंशिक रुपमा थुनिँदा मेलम्ची, तिपेनी लगायत तटीय क्षेत्रका नागरिकहरू त्रसित भएका छन् ।
राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गरेका छन् ।
सुनसरीमा टाउको छिनाएको अवस्थामा शव फेला
काठमाडौँ । सुनसरीको गढी गाउँपालिकामा टाउको छिनाएको अवस्थामा शव फेला परेको छ। गढी गाउँपालिका– ६ मा बस्दै आएका ५० वर्षीय ज्ञानसन ऋषिदेवको टाउको छिनाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च अर्थात् तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको हो ।