शैक्षिक संस्थामा कार्यरत कर्मचारीहरुलाई राजनीतिमा सक्रिय नहुन गाउँपालिको आग्रह
अर्घाखाँचीको मालारानी गाउँपालिका अन्तर्गतका शैक्षिक संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारी र शिक्षकहरुलाई राजनीतिमा सक्रिय नहुन गाउँपालिकाले आग्रह गरेको छ ।
शरणार्थी प्रकरणः १४ जना आरोपीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइने
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधवार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
पासाङ ल्हामु शेर्पाका श्रीमान लाक्पाले गरे सगरमाथाको सफल आरोहण
राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाका श्रीमान लाक्पा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् ।
आज ३० औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै
आज ३० औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै छ ।
महोत्तरीका छ जना किशोर किशोरी जेठ १ देखि बेपत्ता
महोत्तरीको गौशाला नगरपालिकाका छ जना किशोर किशोरी बेपत्ता भएका छन्।
लडाकुले पाउने २ लाख तत्काललाई रोक्ने आदेश
काठमाडौं–माओवादीका पूर्वलडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।न्यायाधीश कुमार रेग्मीको इजलासले पूर्वलडाकूलाई पैसा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।सर्वोच्चका प्रवक्ता विमल पौडेलले पूर्वलडाकूलाई २ लाखका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सरकारले तत्कालीन नेकपा (माओवादी) का लडाकूलाई जनही २ लाख रुपैयाँ दिने कार्यविधि तयार पारेको थियो। कार्यविधिमा उनीहरूले पाउने दुई लाख रुपैयाँ बैंक खातामा हालिदिने व्यवस्था थियो। अयोग्य लडाकू ४ हजार ८ जना छन्। यसअघि गत चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकूलाई दुई-दुई लाख दिने निर्णय गरेको सार्वजनिक भएको थियो।अनमिनले नै लडाकू होइनन् भनेर प्रमाणित गरिसकेका माओवादी कार्यकर्ताहरूलाई सरकारले राज्यकोषबाट पैसा बाँड्न लागेको भन्दै विरोध भएको थियो।
गोरखाका किशोरकिशोरीहरू लागुऔषधको लतमा फस्दै
गोरखामा किशोरकिशोरीहरू गाँजालगायतका लागुऔषधको लतमा फस्दै गएको पाइएको छ ।
प्याब्सकमा नयाँ कार्यसमिति चयन
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं प्याब्सकमा राजन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
नक्कली शरणार्थी प्रकरणः पूर्व गृहमन्त्री ‘बादल’ का छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति
पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ ।
दाङमा ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका–८ सतबरिया संघर्ष टोल ५० वर्षीय जनकु चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।