सरकारले शिक्षकसँग दम्भ देखाउँदैछ, सत्यसँग सिङ जुधाउँदा ढिलो चाँडो भाँचिन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूसँग सरकारले चलाखी गरेको टिप्पणी गरेका छन्।
चिनिया प्रधानमन्त्रीसंग द्विपक्षीय भेटवार्ता जारी
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता भएको छ । स्थानीय समय अनुसार बिहान ११ बजे ग्रेट हल अफ द पिपुलमा भेटवार्टा भएको हो ।
मधेसमा भइरहेका साम्प्रदायिक घटनाबारे नयाँ निर्णय लिन सक्छाैँ : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले निर्णय लिनसक्ने सङ्केत गर्नुभएको छ ।
सुन तस्करी अनुसन्धानबारे सत्तारुढ र विपक्षी दलहरुबीच विवादः सीआईबीको अनुसन्धानलाई मान्यता दिने कि नदिने ?
सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे भएको भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले गरेको अनुसन्धानलाई मान्यता दिएर अध्ययन गर्ने कि सुन तस्करीको आफैं अनुसन्धान गर्ने भन्नेमा सत्तारुढ र विपक्षी दलहरुबीच विवाद छ ।
नेपालको आर्थिक अवस्था, युवा विदेश पलायन र जनतामा देखिएको निराशा : कांग्रेसको ठूलो बहस
समसामयिक राजनीतिक घटनाक्रमबारे गरमागरम बहस हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हिजोआज फरक विषयमाथि केन्द्रित हुन थालेको छ। मुलुकको आर्थिक अवस्था खस्केको, युवा विदेश पलायन भएको र जनतामा निराशा देखिएको विषयमाथि गत असोज ४ गतेदेखि जारी केन्द्रीय समितिमा नेताहरूले धारणा राखिरहेका छन्।
राज्य व्यवस्था समितिसामू गृहमन्त्रीको आक्रोश
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाएका छन् । अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न समितिको बैठक आइतबार बिहान बोलाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्तुत गरेको विधेयकमाथिको छलफलमा आफू असम्बन्धित भए पनि समितिले आउनै पर्ने भनेकोमा उनले असन्तुष्टि जनाए ।
विद्यालय शिक्षा विधेयक संशोधन र परिमार्जन गर्न पहल गर्ने: नेपाली कांग्रेस
नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको हो । बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव सुनाउँदै विद्यालय शिक्षा विधेयकबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।
फेसबुके पार्टीले हामीलाई चुनौती थपेका छन् : इश्वरी न्यौपाने
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य इश्वरी न्यौपानेले नयाँ दलहरुलाई फेसबुके पार्टीको रुपमा टिप्पणी गरेकी छन्। हामीलाई फेसबुके पार्टीले चुनौती दिएको हुँदा अब जनताको समस्या बोल्नुपर्ने भन्दै केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राखिन् ।
एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा
नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ।
पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन
पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ ।