विशिष्ट व्यक्तिहरूलाई मापदण्ड विपरीत दिएकाे सुविधा १५ दिनभित्र फिर्ता गर्न निर्देशन
संसदीय समितिले अति विशिष्ट (भीभीआईपी) र भीआईपी (विशिष्ट) व्यक्तिहरूलाई मापदण्ड विपरीत दिइएको सुविधा १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न एमालेको माग
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ।
शिक्षक आन्दोलन प्रभाव : कांग्रेस बैठक दुई घण्टापछि सर्यो
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक निर्धारित समयभन्दा ढिला गरी सुरु हुने भएको छ।
प्रधानमन्त्री प्रचण्डको ८ दिने चीन भ्रमण तालिका सार्वजनिक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छिमेकी मुलुक चीनको ८ दिने भ्रमण तालिका सार्वजनिक भएको छ । हाल अमेरिकाको भ्रमणमा रहेका प्रचण्ड त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ गतेसम्म चीनको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
संविधान कार्यान्वयन गर्न केन्द्रको मुख ताक्नुपर्ने वइवस्थाको अन्त्य हुनुपर्छ: मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ।
देउवालाई भेटेर शेखरले दिए कार्यशैली सच्याउन चेतावनी
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका छन् ।
संविधान दिवसमा सातजना कैदीबन्दी रिहा
डडेल्धुरा जिल्ला कारागारबाट सातजना कैदीबन्दी रिहा भएका छन् । संविधान दिवसको अवसर पारेर उनीहरूलाई रिहा गरिएको जिल्ला कारागार डडेल्धुराका कारागार प्रमुख जितेन्द्र ओझाले जानकारी दिए । उनका अनुसार असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका सातजना कैदीबन्दीलाई रिहा गरिएको हो ।
राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने
राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने भएको छ ।
राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्याउन आवश्यक : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्छ : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।