
६० किलो सुन प्रकरणको आज प्रतिवेदन बुझाउने तयारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे ‘संगठित सुन तस्करी’ को अनुसन्धान पुरा गरेर मंगलबार अनुसन्धान प्रतिवेदन बुझाउने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तयारी गरिरहेको छ ।
बागमतीका मन्त्रीहरूको जिम्मेवारी हेरफेर
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको मन्त्रिपरिषद् पुनःगठन एवं कार्यविभाजन गरेका छन् ।
धादिङमा बस दुर्घटना : २६ घाइते, तीनको अवस्था गम्भीर
मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।
हेटौँडा–काठमाडौँ छोटो दुरीका सबै सडक अवरुद्ध
हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।
मकवानपुरमा विषालु च्याउ खाँदा ६ जना बिरामी
मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा ६ जना गम्भीर बिरामी परेका छन् ।
माछा मार्न जाँदा पहिरोमा पुरिएर एक किशोरको मृत्यु
दोलखामा पहिरोमा पुरिएर एक किशोरको मृत्यु भएको छ ।
सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन बन्दैन; कानुनमन्त्री गुरूङ
न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने बताएका छन् ।
सिन्धुलीमा लडेर एक जनाको ज्यान गयो
सिन्धुलीमा लडेर एक पुरुषको ज्यान गएको छ ।
व्यक्तिगत खर्चमा ३० जनालाई सैलुनसम्बन्धी निःशुल्क तालिम
चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुभल सिग्देलले आफ्नो व्यक्तिगत खर्चमा ३० जना युवायुवतीलाई निस्शुल्क सैलुन तालिम दिन सुरु गरेका छन् ।
सातामा प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य
यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
